logo
२०८१ बैशाख १५ शनिवार



पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल

पर्यटन |


पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल


अविनाश चौधरी

धनगढी, मङरसिर १६ गते । कोरोना महामारीका कारण करिब दुई वर्षसम्म सुनसान पर्यटकीय क्षेत्रमा चहलपहल बढरन थालेको छ ।
कोरोना सङरक्रमण दर घटेसँगै पर्यटन स्थलमा घुमघाम गर्नेको चहलपहल बढरन थालेको हो । यतिबेला कैलाली, कञ्चनपुरमा रहेका मुख्य पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक पुग्न थालेका छनर । २०७६ चैतबाट कोरोना महामारी सुरु भएपछि शिथिल भएको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किरहेको छ ।

हिउँद सुरु भएसँगै कैलालीको चिसापानीस्थित कर्णाली पुल, टीकापुर नगरपालिकास्थित टीकापुर पार्क, घोडाघोडी नगरपालिकास्थित घोडाघोडी ताल, कैलारी गाउँपालिकास्थित कोइलही ताल, धनगढीको जाखोर ताललगायतका क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको टीकापुर नगरपालिकाकी रीतु चौधरीले बताउनुभयो । ‘‘मलाई पनि घुम्न मन पर्छ र साथीहरूसँग कर्णाली पुल घुम्न आएँ,’’ गत शनिबार चिसापानी घुम्न पुगेकी उहाँले भन्नुभयो, ‘‘अहिले कर्णाली पुलमा घुम्न आउनेको सङरख्या धेरै बढेको छ । ’’
त्यसो त, पर्यटकीय क्षेत्रमा यो बेला पिकनिक जानेको पनि कमी छैन । तिहारमा देउसीभैलो खेलेर आर्थिक सङरकलन गरेका क्लबका युवा, विद्यार्थी, महिला समूह, सांस्कृतिक समूहका व्यक्ति पिकनिक लागि पर्यटकीय क्षेत्रमा पुगिरहेका लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्तबहादुर चलाउने बताउनुहुन्छ ।

उहाँँ भन्नुहुन्छ, ‘‘कोरोनाका कारण यसअघि मान्छेको चहलपहल थिएन । अहिले त धेरै बढेको छ । चिसापानीमा शनिबार अझै भीडभाड हुन्छ । ’’
चिसापानीमा मान्छेको भीडभाड बढे पनि व्यवसाय भने अपेक्षित रूपमा नबढेको अध्यक्ष चलाउनेले बताउनुभयो । ‘‘टीकापुर, लम्कीमा पछिल्लो समय भएको केही आपराधिक घटनाका कारण यो क्षेत्रबारेमा धेरै नकारात्मक अफवाह फैलिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘त्यसैले घुम्न आएका मान्छे होटल, रेस्टुराँमा त्यति जाँदैननर । मान्छेको भीड बढेको छ । तर, व्यवसाय छैन । ’’

यसैगरी, कञ्चनपुरमा रहेको सुदूरपश्चिमकै प्रमुख पर्यटन गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पर्यटक पुग्न थालेका छनर । बाह्रसिङरगा अवलोकनका लागि प्रख्यात यो निकुञ्जमा विदेशी पर्यटक पनि फाटफुट रूपमा पुग्न थालेका हुनर ।
गत हप्तामात्रै अस्ट्रियाका पर्यटक आएर शुक्लाफाँटाको अवलोकन गरेको जनाइएको छ । त्यस्तै, केही भारतीयसहित आन्तरिक पर्यटक पनि शुक्लाफाँटामा घुमघाम गर्न थालेका छनर । कोरोना महामारीका बेला बन्द गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि खुला गरिएपछि फाटफुट रूपमा पर्यटक आउन थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर महतोले बताउनुभयो । ‘‘यहाँको पर्यटन बिस्तारै लय समात्दै छ,’’ उहाँले भन्नुभयो, ‘‘तर, नयाँ भेरियन्ट ओमिक्रोनका कारण फेरि प्रभावित हुने हो कि भन्ने चिन्ता छ । ’’ पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ देखिने क्रम पनि बढेको छ । त्यहाँ जाने पर्यटकले बाघ हेर्न पाइरहेका छनर । यो निकुञ्जमा बाघको सङरख्या वृद्धि भएर १९ पुगेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आवागमन हुन थालेपछि त्यहाँ कार्यरत नेचर गाइडले पनि अहिले काम पाएका छनर । पछिल्लो समय खाली बस्नु नपरेको नेचर गाइड कुम ठाकुरले बताउनुभयो । ‘‘अलिअलि काम पाइरहेका छौँ,’’ उहाँले भन्नुभयो ।
यसैगरी, सोही जिल्लाको वेदकोट नगरपालिकास्थित लिङरगामा पनि घुमघाम गर्ने बढेका छनर । कैलाली, कञ्चनपुरका विभिन्न ठाउँका मान्छे लिङरगा पुग्ने गरेका छनर ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?