logo
२०८१ बैशाख १४ शुक्रवार

  हवाइ यात्रु बढ्दै  



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक २२ हजार यात्रु आउजाउ

पर्यटन |


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक २२ हजार यात्रु आउजाउ


काठमाडौं, मङ्सिर ७ गते । कोरोना महामारीसँगै ठप्प भएको हवाई उडान व्यवसाय पछिल्लो समय फष्टाउन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्क अनुसार हाल दैनिक रुपमा २२ हजार भन्दा बढी यात्रुहरुले आवतजावत गर्दै आएका छन् ।

विमानस्थलका अनुसार हाल दैनिक २८६ वटा आन्तरिक उडान र ५४ वटा अन्तराष्ट्रिय उडान हुँदै आएको छ । यी उडानबाट १५ हजार ३७८ जना आन्तरिक र सात हजार ४४ जना अन्तर्राष्ट्रिय उडानबाट गरी २२ हजार ४२२ जना यात्रुहरु आवतजावत हुने गरेको हो । पछिल्लो तथ्याङ्कअनुसार हवाइ सेवा लिने यात्रुको संख्या दोव्वरले बृद्धि भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

हाल आन्तरिक वायूसेवाका लागि नौ वटा वायुसेवा कम्पनी र अन्तर्राष्ट्रियस्तरमा ३३ वटा वायुसेवा कम्पनीले काठमाडौंबाट दैनिक उडान भर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?