logo
२०८१ बैशाख १५ शनिवार

  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल  



'क्यालिब्रेसन' उडानका लागि एरपोर्ट एथोरिटी अफ इण्डिया सहमत

पर्यटन |


'क्यालिब्रेसन' उडानका लागि एरपोर्ट एथोरिटी अफ इण्डिया सहमत


काठमाडौं, कात्तिक १२ गते । निर्माणको अन्तिमा चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न भारतीय र थाइ कम्पनीले इच्छा देखाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरुमा एरो थाइ कम्पनीलाई क्यालिब्रेसन उडानका लागि आग्रह गरेको र सुरुमा सो कम्पनीले इच्छा नदेखाएपछि भारतसँग अनुरोध गरिएको र भारतको
एरपोर्ट एथोरिटी अफ इण्डियाले क्यालिब्रेसन उडान गर्ने सहमति व्याक्त गरेको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

नयाँ विमानस्थलमा प्राविधिक हिसावले ठीक हो, होइन भनी प्रमाणित गर्नका जरूरी डाटा सङ्कलनका लागि क्यालिब्रेसन उडान गर्नु अनिवार्य छ । त्यसपछि मात्र परीक्षण उडान हुनेगर्र्छ ।
यस अघि एरो थाइ कम्पनीले क्यालिब्रेसन उडान नगर्ने भनेपछि प्राधिकरणले भारतीय कम्पनीलाई उडान गरिदिन पत्राचार गरेको उहाँले बताउनुभयो । भारतले उडान गर्ने भनी पत्रचार गरेसँगै एरो थाई कम्पनीले पनि उडान गर्ने भनी पत्र पठाएको उहाँले बताउनभुयो । दुवै देशले उडान गर्ने भनेपछि हामीले निर्णय लिनुपर्ने भएकाले ढिलाइ भएको हो प्राधिकरणले आजभोलिमै निर्णय गरी उडानका लागि सम्झौता गर्ने क्षेत्रीले जानकारी दिनुभयो । प्राधिकरणले भने यसअघि नै उडान गर्न असमर्थ जनाएकाले एरो थाई कम्पनीसँग सम्झौता गर्ने पक्षमा देखिएको छैन ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालन अवधि निर्धारित समयभन्दा ढिलाइ भएकाले तत्कालै काम अघि बढाउन प्राधिकरण लागिपरेको महानिर्देशक क्षेत्रीले जानकारी दिनुभयो । क्यालिब्रेसन उडानपछि तत्कालै परीक्षण उडान सम्पन्न गरी थप नियमित उडानको तालिका सार्वजनिक गर्ने तयारी थालेको उहाँले जानकारी दिनुभयो ।

विमास्थलको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता सहमति आर्थिक वर्ष २०७२÷०७३ मा शुरु भएको थियो । करिब ३१ अर्ब लागतमा निर्माण भएको विमानस्थलको हाल ९८ प्रतिशत भौतिक प्रगति भइसकेको प्राधिकरणले जनाएको छ । विश्वभर फैलिएको कोभिड–१९ भाइरस महामारीले निर्माणमा ढिलाइ भएको थियो । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ दुई वटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी २९ वटा वायुसेवाले १५ मुलुकको ३२ वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएका छन् । यता यती, श्री र बुद्ध एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाइसकेका छन् । हाल नेपालमा हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले नियमित उडान गर्दै आएका छन् भने यती, श्री, बुद्ध, सौर्य, तारा, समिट, सीता, मकालु, गुण एयरलाइन्सले आन्तरिक उडान गर्दै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?