logo
२०८१ बैशाख १४ शुक्रवार



पर्वतीय पर्यटन प्रवर्धनमा कोरियन रेस्क्यू टोली, मरियाङ हिमाल आरोहण गर्दै

पर्यटन |


पर्वतीय पर्यटन प्रवर्धनमा  कोरियन रेस्क्यू टोली, मरियाङ हिमाल आरोहण गर्दै


काठमाडौं, भदौ २६ गते । हालसम्म मानव पाइला पुग्न नसकेको डोल्पा जिल्लामा अवस्थित ६ हजार ५२८ मिटर अग्लो मरियाङ हिमाल कोरियन अल्पाइन रेस्क्यु एसोसिएसन टोलीले आरोहण गर्ने तयारी गरेको छ ।

नेपालको पर्वतीय पर्यटनको प्रवद्र्धन गर्न कोरियन अल्पाइन रेस्क्यु एसोसिएसनले आरोहण हुन नसकेका हिमालहरुको आरोहण अभियान नै शुरुगरेका छन् । टोलीले शुक्रबार पर्यटन विभागबाट आरोहणका लागि अनुमति लिइसकेकाले यो रेस्क्यू एसोसिएसनबाट हुने मरियाङ हिमाल आरोहण विश्वकै पहिलो आरोहण हुने विभागका महानिर्देशक रुद्र सिं तामाङले जानकारी दिनुभयो ।

यसअघि पनि एसोसिएसनले पिक–४१ हिमालको पहिलो पटक आरोहण सम्पन्न गरिसकेको छ, भने थप १० वटा भन्दा बढी आरोहण नभएका हिमालहरुको आरोहण गर्ने लक्ष्य समेत लिएको रेस्क्यू एसोसिएसनका अध्यक्ष रोह लेक्साङले बताउनुभयो । एक महिलासहित आठ जना कोरियन आरोहीले हिमालको आरोहण गर्ने आरोहण आयोजक कम्पनी ट्रेकिङ क्याम्प नेपालका प्रमुख वाङछु शेर्पाले जानकारी दिनुभयो । आरोहणमा रेस्क्यू एसोसिएसन अध्यक्ष रोह लेक्साङसहित कोरियाका प्रख्यात आरोही कु युङ सु रहेका छन् । आरोहणको नेतृत्व भने आरोही कु युङ सु ले गर्ने ट्रेकिङ क्याम्प नेपालले जनाएको छ ।

कोरियाकै अर्का आरोही वाङ सुङ तेकले ल्होत्से हिमाल नेपालको नयाँ बाटो (ल्होत्से साउथ फेस रुट) हुँदै छैटौ पटकसम्म आरोहणका लागि कोशिस गरे पनि सफल हुन सक्नु भएन । तर आउने वर्ष पुनः सातौ पटक कोशिस गर्ने जनाएको छ । यो नयाँ बाटो खुला भएसँगै ल्होत्से आरोहणमा थप बृद्धि हुँदा राजश्वमा समेत बृद्धि हुने पर्यटन व्यवसायी एवम् नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले बताउनुभयो । नेपालमा करिव तीन हजारभन्दा बढी हिमाल भएको प्रारम्भिक अनुमान छ ।

तर सरकारले हालसम्म ४०४ वटा हिमाल पहिचान गरी आरोहणका लागि खुला गरेको छ । यीमध्ये अझै ८२ वटा हिमालको आरोहण हुन नसक्दा बर्सेनि लाखौ राजश्व गुम्दैआएको वाङछु शेर्पाले बताउनुभयो । आरोहण भएपछि मात्र आरोहीहरुले पुनः आरोहण गर्ने भएकाले आरोहण नभएका हिमालहरुको प्रवर्धन गर्नु जरुरी भएको उहाँको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?