logo
२०८१ बैशाख २० बिहीवार



पुरानै गतिमा फर्कदै हवाईसेवा, एकै दिन २१४ आन्तरिक उडान

पर्यटन |


पुरानै गतिमा फर्कदै हवाईसेवा, एकै दिन २१४ आन्तरिक उडान



गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । कोरोना संक्रमण कम भएसँगै हवाइ व्यवसाय पुरानै शैलीमा फर्कन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक ६० वटासम्म मात्र दैनिक रुपमा आन्तरिक उडान गर्ने गरेपनि शुक्रबार भने एकै दिन २१४ वटा आन्तरिक उडान हुनेभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको चापअनुसार दैनिक उडान थप गर्दैलगेको र शुक्रबार २१४ वटासम्म उडान तालिका सार्वजनिक गरेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो । १०७ वटा अराइवल र १०७ डिपार्चर रहेका छन् । नौवटा वायुसेवा कम्पनीले दैनिकरुपमा हवाइ सेवा सञ्चालन गर्दैआएको छ । शुक्रबार बुद्ध एयरले ६४, यती एयरले २१, श्री एयरले १७ र सौर्य एयरले पाँच वटा गरी १०७ उडान गर्ने विमानस्थलले जनाएको छ । शुक्रबार पाँच हजार ८०४ जना यात्रु काठमाडौं बाहिरीने छन् । त्यस्तै ६ हजार २७५ यात्रु काठमाडौं आउने गरीे हवाइ उडानबाट १२ हजार ७९ जना यात्रु आवतजावत गर्नेछन् ।

कोरोना संक्रमणको दर कम भएसँगै हवाइ सेवा पुनः पुरानै शैलीमा फर्कन शुरु गरेपनि स्वास्थ्य मापदण्डका विधिलाई पूर्णरुपमा पालना गराएर मात्र सेवा सञ्चालन गर्दैआएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । यता शुक्रबार १४ वटा अराइवल र १७ वटा डिपार्चर गरी ३१ वटा अन्तर्राष्ट्रिय उडान हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?