logo
२०८१ बैशाख १४ शुक्रवार



एकसय ९३ आरोहीले हिउँदमा तीन अग्ला हिमाल आरोहण गर्ने

पर्यटन |


एकसय ९३ आरोहीले हिउँदमा तीन अग्ला हिमाल आरोहण गर्ने


काठमाडौं, भदौ २४ गते । कोरोना कहरकै वीचमा पनि आउने हिउँद सिजनमा १९३ जना आरोहीले तीन अग्ला हिमालको आरोहण गर्ने भएका छन् । मनास्लुका लागि १८६, धौलागिरीका लागि ४ र कञ्चनजंघा हिमाल आरोहणका लागि तीन जनाले बुधबारसम्ममा पर्यटन विभागबाट आरोहण अनुमति लिएका हुन् ।

हिउँद मौसममा आरोहण गर्न सहज मानिने यी तीनवटै हिमालहरुमा आरोहण अनुमति लिने आरोहीको संख्या अझै थप हुनसक्ने पर्यटन विभागले जनाएको छ । ट्रेकिङ कम्पनीहरुले दिएको जानकारीअनुसार अझै आरोहीको संख्या बढ्न सक्छ । कोरोना संक्रमण कम हुनु र सरकारले नेपाललाई सुरक्षित गन्तव्य भएको सन्देश दिन थालेपछि आरोहीहरुको संख्या बढ्न थालेको विभागका महानिर्देशक रुद्र सिंह तामाङले बताउनुभयो । कञ्चनजंघा र धौलागिरीका लागि एक–एक आरोहणदल रहेका छन् भने मनास्लुका लागि भने १८ वटा आरोहणदल रहेको विभागले जनाएको छ । सरकारले एक आरोहण दलमा १५ जनासम्म आरोही रहनसक्ने व्यवस्था गरेको छ ।

कोरोना भाईरस (कोभिड–१९) महामारीकै बीचमा भएपनि यस वर्ष सगरमाथा आरोहणमा हालसम्मकै सबैभन्दा धेरै करिव ३७६ जना आरोहीले अनुमती लिएको विभागको तथ्याङक छ । सरकारले हिमाल आरोहण र पदयात्राका लागि १२ महिना सम्भव रहेको भन्दै हिउँद र अफ सिजनको समयमा राजस्व छुट सहितको सहुलियत दिदैआएको छ । बर्खा समयमाभन्दा हिउँद समयमा आरोहणका लागि लाग्ने शुल्कमा सरकारले ५० प्रतिशतसम्म छुट दिदैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?