logo
२०८१ जेष्ठ ८ मंगलवार



दोहनका कारण धार परिवर्तनले नदीमा –याफ्टिङ गर्न समस्या

पर्यटन |


दोहनका कारण धार परिवर्तनले नदीमा –याफ्टिङ गर्न समस्या
सुनकोशी नदीमा ¥याफ्टिङको तयारीमा आन्तरिक पर्यटक 


बिदुर आचार्य
चौतारा, चैत ११ गते । काठमाडौंबाट सबैभन्दा नजिकको पर्यटकीय ‘डेस्टिनेसन’को रुपमा परिचित सुनकोशी नदी करिडोरमा नदी दोहनकै कारण पर्यटन ब्यवसायमा असर परेको ब्यवसायीहरुले गुनासो गरेका छन् । पर्यटकीय क्षेत्र सुकुटेका ब्यवसायीहरुले ¥याफ्टिङ गराउँदा दैनिक फरक फरक नदीको बहाव बनाइएकोमा आपत्ति जनाएका छन् । प्राकृतिक सम्पदालाई नबिगार्न पर्यटन ब्यवसायीहरुले आग्रह गरेका छन् । बढ्दो नदी दोहनले पर्यावरणमा समस्या सिर्जना हुने र पर्यटकीय गन्तब्य नै परिवर्तन हुने भन्दै सरोकारवालले नदी दोहन रोक्न अनुरोध गरेपछि अनुगमनको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिले गरेको छलफलमा पर्यावरण संरक्षण गर्नु ब्यवसायी मात्र नभई आम नागरिकको कर्तव्य भएको बताएकाे छ ।
दुई दशक बढी पर्यटन ब्यवसायमा खर्चिएका नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलले पर्यावरण संरक्षणमा कुनै खर्च नरहेकोले यसलाई नबिगारी उपभोग गर्नुपर्ने बताउनुभयो । ‘नेपाल यति सुन्दर छ कि यसलाई नबिगारे पुग्छ’, आलेले भन्नुभयो, ‘सरकारको ध्यान करोडांैको हिल स्टेशन निर्माणमा छ तर नबिगारे मात्र पुग्ने नदी संरक्षणमा छैन ।’ आलेले सुकुटे ‘टुरिजम एरिया’ बनाउन विगतमा सुकुटेबाट तलमाथि पाँचसय मिटर नदी उत्खनन् र क्रसर ब्यवसाय नचलाउने राजनीतिक सहमति कार्यान्वयन गराउन अनुरोध गर्नुभयो ।
नदीजन्य सामाग्री उत्खनन्, प्रशोधन, भण्डारण कार्यविधी अनुरुप मात्रै उत्खनन् गरेमात्र पनि पर्यटन ब्यवसायमा असर नहुने अर्का ब्यवसायी महेन्द्र थापा बताउनुहुन्छ । ‘नेपालकै मुख्य पर्यटकीय डिस्टिनेसनको रुपमा विकास भएको सुनकोशी करिडोरको अवस्था निकै बिजोग हुँदै गएको छ’, थापाले भन्नुभयो, ‘प्रति दिन एक करोडको कारोबार हुन्छ । राज्यले कर संकलन गरेकै छ, तर हाम्रो पेशामा ध्यान दिएन ।’
अनाधिकृत उत्खनन् रोक्न नियमित अनुगमन गरिनुपर्ने, क्रसर ब्यवसायलाई वैज्ञानिक स्थानान्तरण आजको आवश्यकता भएको सिन्धु पर्यटन ब्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठ बताउनुहुन्छ । ‘¥याफ्टिङ गराँउदा कतिपय ठाँउमा डुङ्गा बोक्नुपर्ने गरी नदीको धार परिवर्तन गराईएको छ’, श्रेष्ठले भन्नुभयो, पर्यावरण संरक्षण आम नागरिकको दायित्व हुनुपर्छ ।’
छलफलमा क्रसर ब्यवसायीहरुले पर्यटन र क्रसर ब्यवसाय समन्वयात्मक रुपमा अगाडि लाने वातावरण आपूmहरुले चाहेको बताएका थिए । ‘क्रसर–पर्यटन मध्यमार्गी ढंगवाट जाऔँ’– क्रसर ब्यवसायी विदुर पराजुलीले प्रस्ताव गर्नुभयो ।
विकास निर्माण र पर्यटन ब्यवसाय दुबै उत्तिकै महत्वको देखिएकोले जिल्लामा आफ्नो छुट्टै कार्यविधी निर्माण गरी दुवै ब्यवसायको संरक्षण आश्यक देखिएको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको धारणा छ । ‘वर्षादमा आउने बालुवा समुद्रमा जाने हो, वर्षादको तीन महिना बालुवा संकलन गराँ,ै अरु नौ महिना उत्खनन् रोकाँै, ¥याफ्टिङ चलाऔँ’– क्षेत्रीले भन्नुभयो ।
नीति अनुरुप आ–आफ्नो ब्यवसाय सञ्चालन गरे खास समस्या नरहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ बताउनुहुन्छ । ‘शक्तिको दुरुप्रयोग नगरी कार्यविधी अनुरुप नदीजन्य सामाग्री संकलन गर्न पाईनेछ’, तामाङले भन्नुभयो, ‘नियम विपरीतका काम भएमा अनुगमन समितिले कार्वाही सिफारिस गर्नेछ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?