logo
२०८१ जेष्ठ ६ आईतवार



बलात्कारको आरोपमा प्रहरीसहित दुइ जना पक्राउ

खुला |


बलात्कारको आरोपमा प्रहरीसहित दुइ जना पक्राउ
सांकेतिक तस्विर


लक्ष्मण पौडेल
भैरहवा, माघ १२ गते । रुपन्देहीमा सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिकामा सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुई जना पक्राउ परेका हुन् । घटनाका बारेमा चारजना विरुद्ध जाहेरी परेको थियो ।
पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो ।
गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामूहिक बलात्कार भएको थियो । अर्को एक जनाको नग्न फोटो खिचेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?