logo
२०८१ बैशाख १५ शनिवार



हिमचितुवा शेर्पाको निधनले पर्यटन क्षेत्रलाई अपूरणीय क्षतिः मन्त्री भट्टराई

पर्यटन |


हिमचितुवा शेर्पाको निधनले पर्यटन क्षेत्रलाई अपूरणीय क्षतिः मन्त्री भट्टराई


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमचितुवाको नामले परिचित आङ्रिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
 
मंगलबार शोक विज्ञप्ती प्रकाशित गर्दै मन्त्री भट्टराईले सो कुरा बताउनुभयो । शेर्पाको ७२ वर्षको उमेरमा सोमबार विहान काठमाडौंको जोरपाटीमा निधन भएको थियो । उहाँको अन्त्यष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय सरकारले गरेको उहाँले बताउनुभएको छ ।
 
“कृत्रिम अक्सिजनको सहयोग विना दश पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व किर्तिमान कायम गर्नुभएका शेर्पाले नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा उच्च बनाउन महत्वपूर्ण योगदान पु¥याउनु भएको छ” मन्त्री भट्टराईले विज्ञप्तीमा भन्नुभएको छ ।
मृतक शेर्पाको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी मन्त्री भट्टराईले कामना गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?