logo
२०७७ श्रावण २४ शनिवार

चीन र रूसबीच व्यापार घाटा छ प्रतिशतले वृद्धि

अर्थ |


2020-07-14-18483


मस्को, असार ३० गते।
सन् २०२० को पहिलो त्रैमासिकमा चीन र रूसबीचको व्यापारिक कारोबार २० अर्ब ९४ करोड अमेरिकी डलर रहेको चिनियाँ भन्सार प्रशासनद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । यो कारोबार गत वर्षको सोही अवधिमा भएको कारोबार रकमभन्दा छ प्रतिशतले कमी हो ।
त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रूसी सामानको चीन निर्यातमा ३७ अर्ब ६० करोड अमेरिकी डलर बराबर कमी आएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतको गिरावट हो ।
तथ्याङ्कअनुसार विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको व्यापारिक कारोबार जुन महिनामा मात्र आठ अर्ब १९ करोड रहेको छ । जसमध्ये चीनले रूसमा तीन अर्ब ९८ करोड अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ भने रूसले चीनतर्फ चार अर्ब २० करोड डलर बराबरको सामान निर्यात गरेको देखिएको छ ।
सन् २०१९ को अन्त्यमा रूस र चीनबीचको व्यापारमा अघिल्लो वर्षको तुलनामा ३।४ प्रतिशत अर्थात् एक खर्ब १० अर्ब अमेरिकी डलरले वृद्धि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप