logo
२०८१ बैशाख १४ शुक्रवार



सैपाल हिमाल अबलोकन गर्ने पर्यटक घटे

पर्यटन |


सैपाल हिमाल अबलोकन गर्ने पर्यटक घटे


हुम्ला समाचारदाता
सिमकोट, मङ्सिर २२ गते । हुम्ला जिल्लाकै पर्यटकीय क्षेत्रमा पर्ने सैपाल हिमाल अबलोकन गर्न जाने पर्यटकहरुको संख्या घटेको छ । महंगो हवाई यात्रा र सैपाल हिमालका बारेमा प्रचार प्रसार नहुँदा उक्त स्थानमा जाने पर्यटकहरुको संख्या घटेको हो ।
यो सिजनमा हुम्ला हुँदै सैपाल हिमालको अबलोकन गर्ने तेस्रो देशका पर्यटकहरु दुई वटा समुहमा मात्र आएको पर्यटन ब्यबसायी बिनोद लामाले बताउनुभयो । गत बर्षबाटै उहाँसँग सैपाल घुम्न आउने बुकिङ गरेको एक इटालीय पर्यटकको टोलीले अन्त्यमा आएर रद्द गरेको जानकारी उहाँले दिनुभयो । गतबर्ष ११ वटा पर्यटक समूहले सैपाल हिमालको अबलोकन गरेको थिया ेभने यसपाली दुई समूहमा सीमित भएको छ ।
हुम्ला जिल्लाको सिमकोट र नाम्खा गाँउपालिका संरक्षित क्षेत्र घोषित हुनु र सो बापत राज्यलाई प्रतिपर्यृटक ८५ डलर शुल्क तिर्नु, काठमाडौं नेपालगंज र सिमकोट आउजाउको ७०० डलर यातायातमै खर्च हुनु र सैपाल हिमालको बारेका कुनै प्रचारप्रसार हुन नसक्नु नै मुख्य रुपमा पर्यटकहरु घट्नुको कारण भएको अर्का पर्यटन ब्यबसायी रिन्जीन लामाले बताउनुभयो ।
उहाँका अनुसार यी कुराहरुको ब्यबस्था गर्न नसक्दासम्म सो क्षेत्रमा पर्यटकहरुको संख्या बढाउन कठिन हुने छ । पर्यटकहरु घटेसंगै भरिया, खच्चड, घोडा ब्यबसायीले पाउदै आएको रोजगारीपनि गुमेको छ ।
फोटो क्याप्सनः सैपाल हिमालको फेदीमा पर्यटकहरु बास बसेको । तस्बिर सौजन्यः जंग लामा

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?