logo
२०८१ बैशाख १४ शुक्रवार

jविश्व पर्यटन दिवस विशेष



पर्यटन र रोजगारी : सबैका लागि उत्तम भविष्य

पर्यटन |


पर्यटन र रोजगारी : सबैका लागि उत्तम भविष्य


चितवनमा पानीजहाज र जिपलाइन थप ठोस योजना र स्थानीय प्याकेज बन्न सकेन

वसन्त पराजुली

सौराहा, असोज १० गते । सरकारले पर्यटन वर्ष २०२० मनाउने योजना अघि सारेकै बेला देशकै तेस्रो पर्यटकीय नगरी चितवनमा भने यसको ठोस योजना र स्थानीय प्याकेज बन्न सकेको छैन । पर्यटन वर्ष सुरु हुन तीन महिना बाँकी छँदा चितवनका स्थानीय तह र पर्यटनसँग सरोकार राख्ने सङ्घसंस्थाले योजना र स्थानीय प्याकेज बनाउन नसकेका हुन् ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान पर्यटन वर्षको योजना र स्थानीय प्याकेज नहुँदा त्यसले पर्यटन वर्षलाई नै प्रभाव पार्ने बताउनुहुन्छ ।
“हामीले पाँच लाख पर्यटक भिœयाउने महŒवाकाङ्क्षी लक्ष्य लिएका छौँ । यसका लागि पर्यटक राख्ने र घुमाउने योजनासहितको प्याकेज बनेको खोइ ?”, अध्यक्ष प्रधानले नै प्रश्न गर्नुभयो ।
अहिले चितवन आउने पर्यटकलाई घुमाउन ट्रेकिङ एजेन्सीहरूले काठमाडौँमा बसेर वर्षौंपहिले बनाएको टुर प्याकेजकै भर पर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
चितवन आउने पर्यटक अहिले २.४ दिन बसाइको प्याकेज लिएर आउँछन् । त्यसरी आउने एक जना पर्यटकले एक सय पचास डलर अर्थात् करिब सत्र हजार रुपियाँको हाराहारी खर्च गरिरहेका छन् । पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदी यो प्याकेजमा अहिले चितवनका राम्रा र गुणस्तरीय होटलले खर्च धान्नै नसक्ने तर्क गर्नुहुन्छ ।
महासचिव सुवेदीले चितवनमा पर्यटनको विकासका लागि स्थानीय तहहरूबीच समन्वय नहुँदा पनि समस्या भएको हो । यो तर्कसँग क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे पनि सहमत हुनुहुन्छ ।
“अहिलेको टुर प्याकेज सुधार गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “स्थानीय पर्यटकीय क्षेत्रहरूसमेटेर प्याकेज बनाउन सक्ने हो भने धेरै राम्रो हुन्छ । ”
अहिले चितवनमा पर्यटन वर्ष मनाउन जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय र सातै स्थानीय तहका प्रमुखको संयोजकत्वमा स्थानीय तह पर्यटन समिति गठन गर्नुबाहेक उल्लेखनीय कुनै पनि काम हुन नसकेको बताइन्छ ।
अहिले आउने पर्यटकलाई चितवन निकुञ्ज र त्यहाँ रहेका वन, वनस्पति र वन्यजन्तु मात्रै अवलोकन गराइने गरेकाले उनीहरूलाई पहाडी क्षेत्रको ट्रेकिङ, धार्मिक क्षेत्रको अवलोकन र नयाँ बनेको जिपलाइन र दशैँबाट नाराययाी नदीमा सञ्चालनमा आउन लागेको क्रुज (सानो पानीजहाज)को यात्रालाई समेत समेटेर स्थानीय प्याकेज बनाउनुपर्ने आवश्यकता उहाँ देख्नुहुन्छ ।
चितवनमा अहिले वर्षिक डेड लाखका हाराहारीमा पर्यटक भित्रिइरहेका छन् । नयाँ गन्तव्यको विकाससँगै पर्यटन वर्षमै पाँच लाख पर्यटक पु¥याउने लक्ष्य लिइएको छ । पर्यटन वर्षमै लक्षित गरिर दशैँदेखि नारायणी नदीमा क्रुज सञ्चालन हुँदैछ भने भरतपुरको आँपटारीस्थित जलदेवी सामुदायिक वनले जिपलाइन सञ्चालनमा ल्याइसकेको छ । चितवनमा क्रुज र जिपलाइन नितान्त नौला आकर्षण हुन् ।
यता चितवनमा वन्य, धार्मिक र साहसिक पर्यटनमा पनि आर्कषण बढ्दै गएको छ । धार्मिकमा देवघाट, वाल्मीकि आश्रमलगायतका क्षेत्रमा लैजाने प्याकेज कार्यक्रम हुन जरुरी छ । चितवनको धार्मिक प्याकेज बनाउँदै गर्दा गोरखाको मनकामना र नवलपुर गैँडाकोटको मौलाकालिका मन्दिरलाई पनि लिन सकिन्छ ।
साहसिकमा ¥याफ्टिङमा आधारित पर्यटन चितवनमा अग्रणी छ । त्रिशूलीमा हुने यसको प्रचारप्रसारसमेत गर्न सकिएको छैन । यसलाई अब नारायणी नदीमा चल्ने क्रुजसँग पनि जोड्न सकिने विज्ञ सुवेदीको धारणा छ ।
चितवनमा पर्यटन वर्षलाई लक्षित गरी प्रचारप्रसारका गतिविधि तीव्र पारिने र स्थानीय योजनासमेत अगाडि बढाउनुपर्ने भए पनि ठोस कार्यक्रम गर्न नसकिएको राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल स्वीकार्नुहुन्छ ।
भरतपुर महानगरकी प्रमु्ख रेनु दाहाल पनि स्थानीय योजना र प्याकेज बनाउन नसके पनि पर्यटन विकासका लागि बीसवर्षे गुरुयोजना बनाउँदै गरेको बताउनुहुन्छ ।

पूर्वाधारमा लगानी बढ्दै

चन्द्रप्रकाश शर्मा

पोखरा, असोज १० गते । गण्डकी प्रदेशमा सबैखाले पर्यटक आकर्षित गर्ने गरी पूर्वाधार निर्माणका काम भइरहेका छन् । प्रदेश राजधानी पोखरालाई केन्द्र बनाएर अर्बाैं रुपियाँको लगानीमा पर्यटन पूर्वाधार निर्माण भइरहेका छन् ।
प्रदेशमा साहसिक पर्यटन तथा पर्यावरण अवलोकन गर्न रुचाउने पर्यटकको आकर्षण बढ्न थालेपछि पूर्वाधार निर्माणमा लगानी थपिँदै गएको पर्यटन व्यवसायी बताउँछन् । केही वर्षअघिसम्म पर्यटकीय चहलपहल हुने पोखरा, मुस्ताङ, लमजुङलगायतका ठाउँमा पर्यटन पूर्वाधार निर्माण भएकामा यतिबेला गण्डकी प्रदेशका ११ वटै जिल्लामा पूर्वाधार निर्माणले गति लिएको पर्यटन कार्यालय पोखराले जनाएको छ ।
गण्डकी प्रदेश क्षेत्रका परम्परागत सांस्कृतिक तथा भौगोलिक क्षेत्रको अवलोकनसँगै टे«किङ, प्याराग्लाइडिङ, बन्जिजम्प, ¥याफ्टिङ, क्यानोनिङ, स्विमिङ, स्विङ, रक क्लाइम्बिङ र जङ्गली जनावरको सिकारका लागि आउने पर्यटक बढ्दै गएपछि पर्यटन पूर्वाधारमा लगानी थपिने क्रम बढेको पर्यटन कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार गण्डकी प्रदेश क्षेत्रमा पर्यटकलाई लक्षित गरी भौतिक संरचनाबाहेक १५ अर्बभन्दा बढी लगानी होटल क्षेत्रमा भइरहेको छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्रममा रहेको तथा बौद्ध धर्मावलम्बीको पवित्र स्थल लुम्बिनी तथा हिन्दू धर्मावलम्बीको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने गरी कालीगण्डकी कोरिडोर तथा पूर्व–पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको कामले गति लिएकाले ती पूर्वाधार निर्माणपछि पर्यटक आवागमन अरू बढ्ने व्यवसायीहरू बताउँछन् । “हामीले अहिले पनि चिनियाँ पर्यटक भिœयाउन सकेका छैनौँ, पूर्वाधार निर्माणपछि चिनियाँ तथा भारतीय पर्यटकको चाप बढ्ने निश्चित छ”, पर्यटन व्यवसायी अर्जुन चोखालले बताउनुभयो ।
प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटन पूर्वाधारमा लगानी बढ्दै गएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।
यस्तै गण्डकी प्रदेशभित्र विश्वका पर्यटक ध्यानाकर्षण गर्ने लोमान्थाङ क्षेत्रसमेत पर्ने भएकाले यहाँ विदेशी पर्यटकको आकर्षण बढ्दै गएको मुस्ताङका प्रदेश सांसद इन्द्रधारा विष्टले बताउनुभयो । विष्टका अनुसार अहिले पनि उपल्लो मुस्ताङ पुग्न विदेशी पर्यटक एक दिनको ५० अमेरिकी डलर तिरेर टे«किङमा जाने गरेका छन् ।
यस आधारमा अहिले पर्यटकका लागि गण्डकी प्रदेश अति उपयुक्त क्षेत्रका रूपमा विकास भइरहेको मुस्ताङका पर्यटन व्यवसायी सुनिल हिराचनले बताउनुभयो ।
पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जीसीले विश्वका सुन्दर सहरहरूको तुलनामा पुग्ने गरी पोखराको विकास हुने बताउनुहुन्छ । स्मार्ट सिटीको रूपमा विकास गर्ने लक्ष्य लिएको महानगरपालिकाले पर्यटकलाई केही समस्या नहोस् भन्ने उद्देश्यले विभिन्न पूर्वाधार विकासमा काम गरिरहेको बताउनुभयो ।

पर्यटन प्रवद्र्धन अभियान सुरु

तारा चापागाईं दुवे

कास्की, असोज १० गते । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियान २०१९’ सुरु गरेको छ ।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साललाई अभियानको झन्डा दिएर सातदिने अभियान बिहीबार सुरु गर्नुभयो । उहाँले प्रदेशमा पर्यटनका लागि अथाह सम्भावना भएकाले यसको प्रचारसँगै प्रदेशमा धेरैभन्दा धेरै पर्यटक बोलाउन अभियानले सहयोग पुग्ने बताउनुभयो ।
मन्त्री लम्सालको नेतृत्वमा निस्केको अभियानमा मन्त्रालयका कर्मचारी, पर्यटन व्यवसायी, उद्योगी, व्यापारी, जनप्रतिनिधि, पत्रकार, कलाकारलगायत ५० जनाको सहभागिता छ । अभियान सम्पन्न गर्न ३६ लाख ५० रुपियाँ हजार खर्च लाग्ने जनाइएको छ ।
पोखराबाट गएको टोलीले शुक्रबार भारतबाट नेपाल छिर्ने पर्यटकलाई प्रदेश ५ का मुख्यमन्त्रीसहितको उपस्थितिमा स्वागत सत्कार गरी अभियान सुरु गर्नेछ ।
टोली प्रदेश ५ हुँदै प्रदेश २, प्रदेश १ र  प्रदेश ३ का प्रादेशिक राजधानीहरूमा दुई प्रदेशका सरकारहरू, सरकार र व्यावसायिक प्रतिष्ठानबीच व्यापारिक सहकार्य, व्यापारीहरूबीच अनुभव साटसाटसँगै फोटो प्रदर्शनी, पत्रकार सम्मेलन, सांस्कृतिक कार्यक्रम, गण्डकी प्रदेश भ्रमणका लागि चुल्हेनिम्तो दिने लगायतका कार्यक्रम गरिने मन्त्री लम्सालले जानकारी दिनुभयो । टोलीले काठमाडौँ गएर राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत भेट गर्नेछ ।
सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी मुलुकका पर्यटन आकर्षण वर्ष, सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय गण्डकी प्रदेश पर्यटन भ्रमण वर्ष घोषणा गरेको प्रदेश सरकारले यी अभियान सफल पार्न अभियान सुरु गरेको पर्यटन वर्ष सन् २०१९–२०२२ का संयोजक जुद्धबहादुर गुरुङले जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?