logo
२०८१ बैशाख २३ आईतवार



धर्मश्री विजेतालाई १० लाख

खेलकुद |


धर्मश्री विजेतालाई १० लाख


काठमाडौँ, चैत १३ गते । १६औँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता वैशाख २३ र २४ गते काठमाडौँमा हुने भएको छ । नेपाल व्यायाम मन्दिर ज्याठाको आयोजनामा हुने प्रतियोगिताको विजेतालाई १० लाख रुपियाँ पुरस्कार प्रदान गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो ।

शहीद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ साल देखि सञ्चालन हुँदै आएको धर्मश्री नेपालकै प्रतिष्ठित र कठिन शारीरिक सुगठन प्रतियोगिता हो। यस संस्करणदेखि धर्मश्रीसँगै प्रथम पुरुष तथा महिला फिजिक्स खुला स्पर्धा पनि समावेश गरिएको छ । प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ ।

कमलादीस्थित प्रज्ञा भवनमा हुने प्रतियो्गिातमा देशभरका चार सय खेलाडीले ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दा माथि केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले दुई लाख रुपियाँ पुरस्कार पाउनेछन् । यो पुरस्कार राशी अघिल्लो संस्करणको भन्दा दोब्बर भएको पनि अध्यक्ष प्रधानले बताउनुभयो । यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौले एक लाख, छैटौँले ९० हाजार र तासौँ हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्सतर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताईएको छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?