logo
२०८१ जेष्ठ २ बुधवार



हिमालयन ह्वाइट हाउस र विद्याभुषण विजयी

खेलकुद |


हिमालयन ह्वाइट हाउस र विद्याभुषण विजयी


काठमाडौँ, फाल्गुन ७ गते । धनगढीमा जारी ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ यू–१९ क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौँ र विद्याभुषण पब्लिक स्कुल गेटा विजयी भएका छन् ।

धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले अत्तरियाको एभरेस्ट एकेडेमीलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । हिमालयनले आफ्नो पहिलो खेलमै एभरेस्टलाई ८१ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

दोस्रो खेलमा विद्याभुषण पब्लिक स्कुलले लम्कीको गुरुकुल स्कुलमाथि ६ विकेटको जित निकालेको हो । फाल्गुन १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?