logo
२०८१ बैशाख ३० आईतवार



प्रजातन्त्र दिवसमा सडक दौड

खेलकुद |


प्रजातन्त्र दिवसमा सडक दौड


काठमाडौँ, फाल्गुन ६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता शनिबार हुने भएको छ । ७२औँ प्रजातन्त्र दिवसका अवसरमा राखेपले दौड आयोजना गर्न लागेको राखेप अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले जानकारी दिनुभयो ।

दौडमा छात्रतर्फ पाँच किलोमिटर तथा छात्रामा तीन किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । काठमाडौँबाट एक सय, ललितपुरबाट ७५ र भक्तपुरबाट ५० गरी दुई सय २५ प्रतिस्पर्धी सहभागी हुने पनि शर्माले बताउनुभयो । छात्र/छात्रा दुवैमा शीर्ष पाँच स्थानमा आउने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।

छात्र/छात्रामा पहिलो हुनेले १० हजार, दोस्रो सात हजार, तेस्रोले पाँच हजार, चौथोले चार हजार र पाँचौँ हुनेले तीन हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । दौड त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रङ्गशालामै पुगेर सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?