logo
२०८१ जेष्ठ ३ बिहीवार



जोकोभिचले अष्ट्रेलियन ओपन खेल्न नपाउने

खेलकुद |


जोकोभिचले अष्ट्रेलियन ओपन खेल्न नपाउने


काठमाडौँ, माघ २ गते । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सोमबारदेखि सुरु हुने अष्ट्रेलियन ओपन खेल्न नपाउने हुनुभएको छ । अष्ट्रेलियन सरकारविरुद्धको मुद्दा हारेपछि जोकोभिचको अष्ट्रेलियन ओपन खेल्ने सम्भावना समाप्त भएको हो ।

कोरोना भाइरसविरुद्धको खोप नलगाएका कारण अष्ट्रेलियन सरकारले जोकोभिचलाई खेल्ने अनुमति दिएको थिएन । अष्ट्रेलियन सरकारले शुक्रबार भिसा खारेज गरिदिएपछि जोकोभिच त्यसविरुद्ध अदालत जानुभएको थियो ।

तर, आइतबार संघीय अदालतले जोकोभिचको अपिललाई खारेज गरिदिएको फैसला सुनाएको छ । जोकोभिचको भिषा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले सदरको फैसला गरेसँगै जोकोभिच अष्ट्रेलियाबाट ‘डिपोर्ट’ हुने सम्भावना छ । जोकोभिचलाई अहिले मेलवर्नस्थित अध्यागमन हिरासतको होटेलमा राखिएको छ ।

३४ वर्षीय जोकोभिचले कीर्तिमानी नवौ पटक अष्ट्रेलियन ओपन जित्नुभएको थियो । आयोजक अष्ट्रेलियन टेनिस संघले आइतबार नै साविक विजेता जोकोभिचलाई सामेल गर्दै अष्ट्रेलियन ओपनको खेल तालिका समेत सार्वजनिक गरेको थियो । एजेन्सी 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?