logo
२०८१ जेष्ठ ७ सोमवार



खेलाडी र खेल पत्रकार सम्मानित

खेलकुद |


खेलाडी र खेल पत्रकार सम्मानित


काठमाडौँ, पुस ४ गते । युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायक गरी ९ जनालाई आइतबार राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ ।

उसुबाट सुर्खेतका दीपक हमाल, धादिङकी जुनी राई र भक्तपुरकी सुस्मिता तामाङ, करातेबाट काठमाडौंका एलन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी तथा पारा खेलाडीबाट म्याग्दीका केशव थापा सम्मानित हुनुभयो । सबैले जनही १ लाख रुपियाँसहित प्रशंसा पत्र प्राप्त गर्नुभयो ।

प्रशिक्षकमा तेक्वान्दोबाट नुवोकोटकी संगीना वैद्य र काठमाडौंका नोर्बु लामा सम्मानित हुनुभयो । दुवैजना जनही ५० हजार रुपियाँ र प्रशंसा पत्रबाट सम्मानित हुनुभयो । निर्णायकमा काठमाडौँका अशोक खड्कालाई एक लाख रुपियाँ र प्रशंसा पत्र प्रदान गरियो ।

युवा तथा खेलकुद मन्त्रालयले सोही अवसरमा १० जना खेल पत्रकारलाई पनि सम्मान गरेको थियो । खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कान्तिपुर दैनिकका हिमेशरत्न वज्रचार्यलाई प्रदान गरियो । उहाँले ५० हजार रुपियाँ प्राप्त गर्नुभयो । पत्रकारिता प्रोत्साहन पुरस्कारअन्तर्गत समावेशीतर्फ रुपन्देहीकी सन्जु पौडेल र पोखराका विजय नेपालीलाई जनही २५ हजार रुपियाँ र प्रशंसा पत्रबाट सम्मान गरियो ।

पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेशगततर्फ प्रदेश १ का नमिन ढकाल, प्रदेश २ का बसन्त खतिवडा, बागमती प्रदेशका कुशल तिमल्सिना, गण्डकी प्रदेशकी सोनिता अर्याल, लुम्बिनी प्रदेशका दीपक न्यौपाने, कर्णाली प्रदेशका रमेशकुमार पाण्डे र सुदूरपश्चिम प्रदेशका विनोदसिंह विष्ट पुरस्कृत हुनुभयो । सातै जनाले जनही २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

खेलाडी, प्रशिक्षक र पत्रकारलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मी र सहसचिव एवं प्रवक्ता विष्णुराज ढकालले सम्मान गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?