logo
२०८१ जेष्ठ १ मंगलवार



पारा तेक्वान्दो खेलाडी पलेशा र प्रशिक्षक कविराज सम्मानित

खेलकुद |


पारा तेक्वान्दो खेलाडी पलेशा र प्रशिक्षक कविराज सम्मानित


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २७ गते । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र उहाँका प्रशिक्षक कविराज नेगी लामा शनिबार सम्मानित हुनुभएको छ । नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको प्रथम अधिवेशनमा पलेशा र कविराजलाई सम्मान गरिएको हो ।

नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ र बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले पलेशा र कविराजलाई सम्मान गर्नुभयो ।

टोकियो पारालिम्पिकमा दुई फाइट जित्दै पलेशाले ऐतिहासिक सफलता हात पार्नुभएको थियो । नेपाली खेलाडीले ओलम्पिकमा दुई फाइट जितेको यो पहिलो पटक हो । उहाँ अन्तिम समयमा ऐतिहासिक कांस्य पदक जित्नबाट चुक्नुभएको थियो । वाइल्ड कार्डमार्फत पारालिम्पिकमा सहभागिता सुनिश्चित गरेकी १८ वर्षीया पलेशाले टोकियो पारालिम्पिकमा सहभागी एक्ली नेपाली खेलाडी पनि हुनुहुन्छ ।

सन् २०१६ मा दक्षिण कोरियाको मुजुमा भएकोे पारा तेक्वान्दो कोर्स उत्तीर्ण गरेपछि लामा राष्ट्रिय पारा तेक्वान्दोको प्रशिक्षणमा संलग्न रहँदै आउनुभएको छ । कविराज अन्तराष्ट्रिय पारा तेक्वान्दो कोचको लेबल–२ कोर्स पूरा गर्ने एक्ला प्रशिक्षक पनि हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?