logo
२०८१ बैशाख १४ शुक्रवार



यु २३ राष्ट्रिय फुटबल टिम एसियन कप छनोट खेल्न ताजकिस्तान प्रस्थान

खेलकुद |


यु २३ राष्ट्रिय फुटबल टिम एसियन कप छनोट खेल्न ताजकिस्तान प्रस्थान


काठमाडौँ, कात्तिक २ गते । नेपालको यु २३ राष्ट्रिय फुटबल टिम मङ्गलबार बिहान एएफसी यु२३ एसियन कप छनोट प्रतियोतिगामा खेल्न ताजकिस्तान प्रस्थान गरेको छ ।

सो प्रतियोगता अक्टोबर २३ देखि ३१ तारिखसम्म हुनेछ । नेपाल समूह बीमा ताजकिस्तान, लेबनान र इरानसँग रहेको छ । नेपालले पहिलो खेल अक्टोबर २५ मा इरान, दोस्रो खेल अक्टोबर २८ मा ताजकिस्तान र अन्तिम खेल अक्टोबर ३१ मा लेबनानविरुद्ध खेल्नेछ । यस समूहमा शीर्ष स्थानमा रहने टिम एएफसी यु२३ एसियन कपमा चयन हुनेछ । यसैगरी, दोस्रो स्थानमा रहने टिमसमक्ष पनि छनोट प्रतियोगितामा रहेका ११ समूहमध्ये समूह उपविजेतामध्ये उत्कृष्ट चारमा परेर छनोट हुने सम्भावना रहनेछ ।

युवा तथा खेलुकद मन्त्री महेश्वरजङ्ग गहतराजले सोमबार साँझ सो टोलीको शुभकामनासहित विदाई गर्नुभएको थियो । सो टिमको प्रमुख प्रशिक्षकमा बालगोपाल महर्जन हुनुहुन्छ । प्रशिक्षक महर्जनले गत आइतबार मात्र २३ सदस्यीय टिम घोषित गर्नुभएको हो । जसमा माल्दिभ्समा भएको साफ च्याम्पियन्सीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय टिममा सामेल छ खेलाडी पनि रहेका छन् । राष्ट्रिय टिमका सदस्य मनिष डाँगी, सुमन अर्याल, गौतम श्रेष्ठ, नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलान टिममा हुनुहुन्छ ।

अन्य खेलाडीमा अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडल, अनिल महर्जन, अविषेक लिम्बु, सेसेहाङ आङडाम्बे, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, ऋतिक खड्का, अभिषेक रिजाल, दर्शन गुरुङ र एरिक विष्ट रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?