logo
२०७८ कार्तिक ३ बुधवार



नेपाली धावक गोपिचन्द्र पार्की ‘बर्लिन म्याराथन’मा सहभागी हुन जर्मनी जाने   

खेलकुद |


नेपाली धावक गोपिचन्द्र पार्की  ‘बर्लिन म्याराथन’मा सहभागी हुन जर्मनी जाने   
फाइल फाेटाे



काठमाडौँ,असोज ५ गते । जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ । नेपालगन्ज म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरिएको हो ।    
    
दुवै जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगन्ज म्याराथनका आयोजक क्रिएटिभ ह्याण्डस्का अध्यक्ष टिएस ठकुरीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । सो अवसरमा दुवै जनालाई ट्रयाक सुट, झोला र टिसर्ट प्रदान गरिएको थियो ।    
    
विश्व चर्चित ‘बर्लिन म्याराथन’ जर्मनीको बर्लिनमा यही असोज १३ गते हुँदैछ । धावक पार्की आज राति कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ पछिल्लो संस्करणको नेपालगन्ज म्याराथनको विजेतासमेत हुनुहुन्छ । पार्कीले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा म्याराथनमा स्वर्ण पदक जित्नुभएको थियो । बिदाइ कार्यक्रममा पार्कीले आफुले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?