logo
२०८१ बैशाख १५ शनिवार



अन्तर प्रदेशीय बुद्धिचाल प्रतियोगिता सुरु

खेलकुद |


अन्तर प्रदेशीय बुद्धिचाल प्रतियोगिता सुरु


दैलेख समाचारदाता
दैलेख, असोज १ गते । संबिधान दिवसको अवसरमा दैलेखमा अन्तरप्रदेशीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । दैलेख बुद्धिचाल सङ्घको आयोजनामा संचालन भएको अन्तर प्रदेशीय बुद्धिचाल प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने बताइएको छ ।

नाराण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले उक्त प्रतियोगिताको शुक्रबार उद्दघाटन गर्नुभयो । खेलको उदघाटन गर्दै नगरप्रमुख खड्काले राष्ट्रलाई देश तथा अन्तर्राष्ट्रियस्तरमा छिटो चिनाउन सक्ने खेलकुद क्षेत्र रहेको बताउनुभयो । सबै खेलाडीलाई स्वस्थ्य प्रतिस्पर्धामा गएर उहाँले खेल्न आग्रह गर्नुभयो । उहाँले दैलेख जिल्ला पञ्चकोशी पुण्यभुमि भएका कारण यहाँ रहेका धार्मिक, पर्यटकीय क्षेत्रको अवलोकन गर्न खेलाडीलाई आग्रह गर्नुभयो ।

बुद्धिचाल सङ्घका केन्द्रीय प्रतिनिधि शक्तिबहादुर बुढाले अन्तरप्रदेश स्तरीय प्रतियोगिता तीन विधामा सञ्चालन भएको बताउनुभयो । प्रतियोगिता अन्तर्गतको पुरुष खुला प्रतिस्पर्धातर्फ पहिलोदेखि दशौ स्थान हासिल गर्नेलाई पुरस्कारस्वरुप क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार, सात हजार, पाँच हजार, चार हजार, तीन हजार, दुई हजार पाँचसय र एक हजार पाँचसय रुपियाँ प्रदान गर्न गरिने बताउनुभयो ।
त्यस्तै, प्रतियोगिता अन्तर्गतको महिला खुला प्रतिस्पर्धातर्फ पहिलोदेखि दशौ स्थान हासिल गर्नेलाई पुरस्कारस्वरुप क्रमशः २० हजार, १५ हजार, १० हजार, पाँच हजार, चार हजार, तीन हजार, दुई हजार, एक हजार पाँच सय, एक हजार रुपियाँ प्रदान गरिने बताइएको छ ।

सोहीअनुसार विद्यार्थीतर्फको छात्रछात्राको खेलमा पहिलोदेखि तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमश पाँच हजार ,चार हजार, तीन हजार, र दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै भेट्रानतर्फ ५० वर्ष माथिका खेलाडीलाई क्रमस पाँच हजार, तीन हजार, दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

स्थानीय खेलाडीतर्फ प्रथम, द्वितिय र तृतिय हुने खेलाडीलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक संस्थाका सचिव मदन पाण्डेले जानकारी दिनुभयो । दैलेख बुद्धिचाल सङ्घ दैलेखका जिल्ला कार्यसमितिका अध्यक्ष निरकबहादुर रावलले संबिधान जारी दिवसका अवसरमा बुद्धिचाल सङ्घले विभिन्न प्रतियोगिता संञ्चालन गरेको बताउनुभयो ।
महामारीका कारण दुई वर्ष खेल रोकिएको भए पनि यो वर्ष कोरोना महामारी न्यूनीकरण उलन्मुख भएका कारण कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो । सातै प्रदेशबाट तीनै विधामा खेलाडी सहभागी भएको पनि उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?