logo
२०८१ बैशाख २० बिहीवार



ए डिभिजन फुटसल लिग साउन अन्तिम साता सुरु हुने

खेलकुद |


ए डिभिजन फुटसल लिग साउन अन्तिम साता सुरु हुने
तस्विर-गोल नेपाल


गोरखापत्र अनलाइन
काठमाडौं, असार २४ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले ए डिभिजन फुटसल लिग आगामी साउन अन्तिम साता गर्ने निर्णय गरेको छ । चैत्त एक गतेदेखि बैशाख ५ गतेसम्म हुने निर्धारण गरिएको प्रतियोगिता कोभिड १९ महामारीले गर्दा स्थगित भएको थियो ।
एन्फाका महासचिब इन्द्रमान तुलाधरका अनुसार फुटसल लिग साउन २३ गतेबाट सुरु हुने बताउनुभएको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी एशियाली फुटबल महासंघले आयोजना गर्ने एफसी फुटसल एशिया कप २०२२ को छनोट खेलका लागि नेपाली खेलाडी छनौट हुनेछन् ।
प्रतियोगितामा प्रदेश १ का दुई, बागमतीका चार, गण्डकीका दुई र लुम्बिनि, कर्णाली तथा सुदूरपश्चिमबाट दुई टोलि गरी कुल १० टोलि सहभागी हुनेछन् । प्रदेश २ मा भने फुटसल लिगको छनोट खेल सम्भब भएको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?