logo
२०८१ जेष्ठ ३ बिहीवार



प्रथम जेफाले भलिबलको उपाधि इटहरीले जित्यो

खेलकुद |


प्रथम जेफाले भलिबलको उपाधि इटहरीले जित्यो
तस्विर–हरिप्रसाद कोइराला,लेटाङका नगर प्रमुख शङ्कर राई इटहरी नगरपालिकाको बिजयी टोलीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै


गोरखापत्र अनलाइन
मोरङ, बैशाख ५ गते । मोरङको केराबारी–२ जेफालेमा भएको प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगिताको उपाधि इटहरी उपमहानगपालिकाले जितेको छ ।
शनिबार भएको फाइनल खेलको टप फाइभमा ३–२ स्कोरले झापाको दमक नगरपालिकालाई पराजित गर्दै इटहरीले उपाधिसँगै ७५ हजार रुपियाँ जितेको हो । ३–२ को जित निकाल्दा पहिलो सेटमा २५–२१ ले दमकसँग हारेको इटहरी दोस्रो सेटमा २५–२१ कै नतिजा निकाल्दै दमकलाई बराबरी स्कोरमा रोक्न सफल भयो । तेस्रो सेटमा इटहरीलाई दमकले २५–२२ ले पराजित गर्दा दमकले २–१ को अग्रता कायम ग¥यो ।
चौथो सेटमा इटहरी पुन बिजयी भयो । इटहरीले दमकलाई २५–२३ मा स्तब्ध बनाउँदा १५ अङ्कमा खेलाइएको टप फाइभको अन्तिम तथा निर्णायक सेटमा इटहरीले १५–१३ को नतिजा निकाल्दै दमकलाई दोस्रो बनायो ।
उपबिजेता दमकले नगद ५० हजार, ट्रफी र मेडलमा चित्त बुझाएको छ ।
खेलका बिजेता र उप बिजेता टोलीलाई लेटाङ नगरपालिकाका नगरप्रमुख शङ्कर राईले पुरस्कार, ट्रफि प्रदान गर्नुभयो । प्रदेश नं. १ का उत्कृष्ट नौ वटा नगरपालिकाको सहभागिता रहेको प्रतियोगिता मोरङको केरावारी २ सिंहदेवीमा बैशाख २ गते देखि आयोजना भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?