logo
२०८१ जेष्ठ ४ शुक्रवार



खेलाडीमा सङ्क्रमण फैलिएपछि पाकिस्तान सुपर लिग स्थगित

खेलकुद |


खेलाडीमा सङ्क्रमण फैलिएपछि पाकिस्तान सुपर लिग स्थगित
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २० गते । पाकिस्तान सुपर लिग टी ट्वान्टी क्रिकेटको बाँकीका खेल स्थगित भएको छ । बिहीबार बिहान तीन जना खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि खेल स्थगित भएको हो ।
पाकिस्तान क्रिकेट बोर्ड र सुपर लिगमा आबद्ध टोलीहरुबीच बिहीबार बिहान बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । बिहीबार बिहान तीन जना थप खेलाडीमा सङ्क्रमणको पुष्टि भएपछि पीएसएलमा कोरोना सङ्क्रमण भएकाको संख्या सात पुगेको छ । जसमध्ये छ जना खेलाडी छन् ।
बैठकपछि बोर्डले फ्रेञ्चाइज मालिकसँगको बैठकपछि खेलाडीको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर लिग स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । लिगमा कुल छ टोली सहभागी छन् । बोर्डले छ वटै टोलीका सदस्य, कार्यरत कर्मचारीहरुको आइसोलेशनको उचित ब्यवस्था, पीसीआर परीक्षण र खोपको भरपर्दो ब्यवस्थापछि पुनः सुरु हुने जनाएको छ ।
बोर्डले तीन जना नयाँ सङ्क्रमित दुई अलग अलग टोलीबाट रहेका जनाएको छ । तीनैजनाको बुधबार परीक्षण गरिएको थियो ।
गत मार्च एकमा पीएसएलमा पहिलो खेलाडीमा सङ्क्रमणको पुष्टि भएको थियो । पीसीबीले फ्रेञ्चाइजका प्रत्येक सदस्यलाई खोप लगाउने प्रस्ताव गरेको छ । पाकिस्तान सुपर लिग खेल्न गत साता मात्रै नेपाली लेग स्पिनर सन्दीप लामिछाने कराँची पुग्नुभएको थियो । उहाँ भने कुनै खेलमा सहभागी हुन नपाउँदै सुपर लिग स्थगित हुन पुगेको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?