logo
२०८१ जेष्ठ ६ आईतवार



नयाँ बस्ती र टुसालले बराबरी खेल्यो

खेलकुद |


नयाँ बस्ती र टुसालले बराबरी खेल्यो
तस्विर-एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १९ गते । नयाँ बस्ती युवा क्लब र टुसाल युवा क्लबले बराबरी खेलेका छन् । शहीद स्मारक बी डिभिजन लिग अन्तगर्त बुधबार सम्पन्न खेलमा दुबैले १–१ को बराबरी खेल्दै अङ्क बाँडेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलको पहिलो हाफमा गोल गर्दै नयाँ बस्तीले टुसालमाथि १–० को अग्रता कायम गरेको थियो । नयाँ बस्तीले विवेक गुरुङ्गको गोलबाट अग्रता लियो । तर उक्त अग्रता उसले जोगाउन सकेन ।
७१ औं मिनेटमा टुसालले बराबरी गोल फर्काउँदा खेल १–१ को स्थितिमा आयो । आज सम्पन्न खेलमा नयाँ बस्ती युवा क्लबका बसन्त ओझाले म्यान अफ द् म्याचबाट पुरस्कृत हुनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?