logo
२०८१ बैशाख १४ शुक्रवार



नियुक्त भएको दुई दिनमै चामिण्डा भासद्वारा राजिनामा

खेलकुद |


नियुक्त भएको दुई दिनमै चामिण्डा भासद्वारा राजिनामा
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ११ गते । श्रीलङ्का क्रिकेट टोलिका पूर्ब बलर चामिण्डा भासले राष्ट्रिय टोलिको बलिङ्ग प्रशिक्षकबाट राजिनामा गर्नुभएको छ । श्रीलङ्का क्रिकेट टोलि वेष्टइन्डिज भ्रमणमा निस्किन लागेको पूर्ब सन्ध्यामा भासले राजिनामा गरेका हुन ।
श्रीलङ्काली क्रिकेट टोलिले भासलाई बिस्थापितबारे शिघ्र निर्णयमा पुग्ने जनाएको छ । प्रशिक्षकहरुमध्येबाट नै एकजनालाई बलिङ्ग प्रशिक्षकको जिम्मेवारी दिइने जनाइएको छ । श्रीलङ्काली क्रिकेट बोर्डले जारी गरेको वक्तब्यमा तलब सम्बन्धमा सहमति हुन नसक्दा भासले राजिनामा गरेका हुन् । वक्तब्यमा क्रिकेट टोलि प्रस्थान गर्नै लाग्दा भासले राखेको तलब सम्बन्धी माँगमा सहमति हुन नसक्दा राजिनामा दिनु गैर जिम्मेवारपूर्ण कदमको संज्ञा दिइएको छ ।
भासले विदेशी प्रशिक्षकले पाए जसरी नै तलब सुबिधा माग गर्नुभएको थियो । श्रीलङ्का क्रिकेट बोर्डले स्थानीय प्रशिक्षकलाई रुपियाँमा तलब सुबिधा प्रदान गर्दै आएको छ । देविड सेकरलाई हटाएर क्रिकेट बोर्डले श्रीलङ्काका सबैभन्दा सफल तीब्र गतिका बलर चामिण्डा भासलाई बलिङ्ग प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?