logo
२०८१ बैशाख २७ बिहीवार



टट्नहम हर्ट्सपर इएफएल कपको फाइनलमा पुग्यो

खेलकुद |


टट्नहम हर्ट्सपर इएफएल कपको फाइनलमा पुग्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २२ गते । टट्नहम हर्ट्सपर इएफएल कपको फाइनलमा पुगेको छ । पछिल्लो १३ वर्षमा टट्नहम कुनै ट्रफीको उपाधिको होडमा उभिएको यो पहिलो अवसर हो ।
टट्नहमले सेमीफाइनलमा ब्रेन्टफर्डमाथि २–० को जित हात पार्यो । मौसा सिसोस्को र सन हिउंग मिनले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेपछि टट्नहमले इएफएल कपको फाइनलका लागि स्थान सुनिश्चित गर्न सफल भयो । सिसोस्कोले खेल सुरु भएको १२ औं मिनेटमा सर्जियो रेगुइलिनको क्रसलाई गोलको दिशा दिनुभयो । दोस्रो हाफको सुरुवातमै इभान टोनीले गर्नुभएको प्रहार गोलपोष्ट छिर्दा ब्रेन्टफर्डले बराबारी गोल फर्काएको खुशी मनाइरहँदा रेफ्रीले अफसाइड दिन पुग्यो ।
जोस मौरिन्होको टट्नहमले फाइनलमा म्यान्चेष्टर यूनाइटेड वा म्यान्चेष्टर सिटीसँग वेम्ब्लीमा आगामी अप्रिल महिनामा भेट्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?