logo
२०८१ बैशाख २१ शुक्रवार



केन विलियम्सन टेष्ट वरीयतामा शीर्ष स्थानमा उक्लिए

खेलकुद |


केन विलियम्सन टेष्ट वरीयतामा शीर्ष स्थानमा उक्लिए
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १७ गते । न्युजिल्याण्डका ब्याट्सम्यान केन विलियम्सन अन्तर्राष्ट्रिय टेष्ट वरीयतामा शीर्ष स्थानमा उक्लिनुभएको छ । यसअघि उहाँ विश्व टेष्ट वरीयताको तेस्रो स्थानमा हुनुहुन्थ्यो ।
पाकिस्तान विरुद्धको पहिलो टेष्टमा शतकीय पारी खेलेर म्यान अफ द् म्याच घोषित हुनुभएका उहाँ शीर्ष स्थानमा पुग्न सफल हुनुभएको हो । अष्ट्रेलिया विरुद्धको पहिलो टेष्ट खेलेर स्वदेश फर्किनुभएका भारतीय कप्तान विराट कोहली अन्तर्राष्ट्रिय टेष्ट वरीयताकाे दोस्रो स्थानमा हुनुहुन्छ । भारत विरुद्धको दुई टेष्टमा कमजोर प्रदर्शन गर्नुभएका अष्ट्रेलियाली ब्याट्सम्यान स्टिभ स्मिथ तेस्रो स्थानमा झर्नुभएको छ ।
विलियम्सन यसअघि सन् २०१५ मा शिर्ष वरीयतामा पुग्नुभएको थियो । भारतीय ब्याट्सम्यान अजिन्क्यै रहाने पाँच स्थान माथि उक्लिदै छैठौं वरीयतामा हुनुहुन्छ । मार्नस लबुस्ने चौथो र पाकिस्तानका बाबर आजम पाँचौं वरीयतामा हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?