logo
२०८१ बैशाख १४ शुक्रवार



अलेक्जेण्डर जेभ्रेभलाई हराउँदै जोकोभिच एटीपी फाइनल्सको अन्तिम चारमा

खेलकुद |


अलेक्जेण्डर जेभ्रेभलाई हराउँदै जोकोभिच एटीपी फाइनल्सको अन्तिम चारमा
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ६ गते । नोभाक जोकोभिचले अलेक्जेण्डर जेभ्रेभलाई हराउँदै एटीपी फाइनल्सको सेमीफाइनलमा पुग्नुभएको छ । उहाँले जेभ्रेभलाई सोझो सेटमा हराउनुभएको हो ।
सर्बियाली विश्व वरीयताका पहिलो श्रेणीका जोकोभिचले जर्मन जेभ्रेभलाई ६–३, ७–६(७–४) ले हराउनुभएको हो । सेमीफाइनलमा जोकोभिचले डोमिनिक थिमको सामना गर्नुहुनेछ । उक्त खेल शनिबार हुँदैछ ।
इूएस ओपनका विजेता डोमिनिक थिमले ग्रुप लण्डन २०२० को विजेता भएर सेमीफाइनलमा पुग्नुभएको हो । जोकोभिचले भने ग्रुप टोक्यो १९७० को दोस्रो स्थानमा रहँदै सेमीफाइनलमा स्थान सुनिश्चित गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?