logo
२०८१ बैशाख १५ शनिवार



वेयान रुनी डर्बीका प्रशिक्षक बन्न उत्सुक

खेलकुद |


वेयान रुनी डर्बीका प्रशिक्षक बन्न उत्सुक
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ५ गते । वेयान रुनी डर्बी काउन्टीको व्यवस्थापक हुन इच्छा ब्यक्त गर्नुभएको छ । लियभ रोजनर, शे गिभेन र डर्बी युवाका प्रशिक्षक जस्टिन वाकरसँगै अस्थायी प्रशिक्षक हुनुहुन्थ्यो ।
गत् नोभेम्बर १४ मा फिलिप कोकु डर्बीको प्रशिक्षकबाट हटेपछि चारै जना प्रशिक्षकको भूमिकामा हुनुहुन्छ । चारैजनाले डर्बीका मालिक मेल मोरिस र कार्यकारी प्रमुख स्टिफन पर्ससँग भेटघाट गर्नुभएको छ । छलफल गोप्य राखिएपनि आगामी सातासम्मको लागि प्रशिक्षकको पद रिक्त नै रहने बुझिएको छ ।
रुनीसँगै रफेल बेनिटेज डर्बीको प्रशिक्षकको दौडमा हुनुहुन्छ । आफ्नो पूर्ब सह खेलाडीहरु स्टिभन जर्राड, फ्रान्क लामपार्ड र स्कट पार्कर प्रशिक्षकको जिम्मेवारी पाइसकेको हुँदा ३५ वर्षीय रुनीले समेत प्रशिक्षक पदका लागि उत्सुक रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “ब्यवस्थापन सम्हाल्न म आकांक्षी छु र यसबारेमा छलफलका लागि खुला रहेको छु ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?