logo
२०८१ बैशाख १४ शुक्रवार



आष्टन भिल्लाले आर्सनलका मार्टिनेजलाई अनुबन्धन गर्यो

खेलकुद |


आष्टन भिल्लाले आर्सनलका मार्टिनेजलाई अनुबन्धन गर्यो


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । आष्टन भिल्लाले आर्सनलका गोल रक्षक इमिलियानो मार्टिनेजलाई अनुबन्धन गरेको छ । आर्जेन्टिनाका २८ वर्षीय इमालियानोलाई करिब एक करोड ७० लाख यूरोमा आष्टनले अनुबन्धन गरेको हो ।
भिल्लाका व्यवस्थापक डीन स्मिथले मार्टिनेज लामो समयका लागि आष्टनको प्रमुख खेलाडीको रुपमा भित्र्याइएको प्रतिक्रिया दिनुभयो । उहाँ चार वर्षका लागि सम्झौता गरी अनुबन्धन गर्नुभएको हो । सन् २०१० मा युवा अवस्थामा आबद्ध हुनुभएका मार्टिनेज करिब दश वर्षपछि आर्सनल छोड्नुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?