logo
२०८१ बैशाख १४ शुक्रवार



यू एस ओपनाको उपाधि अष्ट्रियाका थाइमले जिते

खेलकुद |


यू एस ओपनाको उपाधि अष्ट्रियाका थाइमले जिते


काठमाडौं, भदौ २९ गते। अस्ट्रियाका डोमिनिक थाइमले यूएस ओपनाको उपाधि जित्नुभएको छ । पहिलो दुई सेट लगातार हारेर निराश भइसकेका थाइमले अन्तिम सेटमा टाइब्रेकमा जर्मनीका अलेक्जेन्डर जेरेफलाई पराजित गर्दा खेल पाँच सेटमा पुगेको थियो। थाइम र अलेक्जेण्डर दुबैजना पहिलो ग्राण्ड स्लाम उपाधिका लागि भिड्नुभएको थियो ।
आर्थर एश रंगशालामा भएको यस प्रतिस्पर्धामा थाइमले जेरेफलाई २–६, ४–६, ६–४, ६–३, ७–६ ले पराजित गर्नुभयो। उहाँकोयो  पहिलो ग्रान्डस्लाम उपाधि हो । झण्डै चार घण्टा २ मिनेट चलेको यस प्रतियोगिताको अन्त्यतिर दुबै खेलाडी खुट्टा बाउँडिने र शिथिल देखिएका थिए ।
अस्ट्रियाका २७ वर्षीय थाइमले प्रतियोगिता सकिएपछि प्रतिक्रिया दिँदै आफूमा शरीरभन्दा पनि प्रतियोगिता जित्छु भन्ने आत्मविश्वास बढेको बताउनुभयो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?