logo
२०८१ बैशाख १५ शनिवार



१३ औं सागमा स्वर्ण विजेता पाकिस्तानका तीन खेलाडीको पदक खोसियो

खेलकुद |


१३ औं सागमा स्वर्ण विजेता पाकिस्तानका तीन खेलाडीको पदक खोसियो


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २८ गते । काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद(साग)मा पाकिस्तानको प्रतिनिधित्व गरी विजेता भएका तीन जना खेलाडीको पदक खोसिएको छ । नेपाल ओलम्पिक कमिटिले डोपिङ् परीक्षणमा तीनैजनाले प्रतिबन्धित लागू औषध सेवन गरेको पुष्टि भएपछि तीनै खेलाडीको पदक खोसिनुका साथै निलम्बन गरिएको जनाएको छ । सन् २०१९ को डिसेम्बर ३ देखि सन् २०२३ को डिसेम्बर २ सम्मका लागि तीनै जना खेलाडीलाई निलम्बन गरिएको हो ।
नेपाल ओलम्पिक कमिटिका महासचिब निलेन्द्र राज श्रेष्ठले एथलेटिक्स खेलाडी सामी उल्लाह, मुहम्मद नईम र मेहबुब अलीको पदक खोसिएको विज्ञप्ती जारी गरी उल्लेख गर्नुभएको छ । सामी उल्लाहले १०० मिटर स्प्रिन्टमा काँस्य पदक, मुहम्मद नईमले १०० मिटर हर्डल्समा स्वर्ण पदक तथा मेहबुब अलीले ४०० मिटर हर्डल्समा स्वर्ण पदक जित्नुभएको थियो ।
विश्व एन्टी डोपिङ एजेन्सीको नियम अनुसार खेलकुद प्रतियोगिताको क्रममा सबै खेलाडीको पिसाबको नमूना सङ्कलन गरी परीक्षण गरिन्छ । नमूना कतारको दोहास्थित एन्टी डोपिङ प्रयोगशालामा परीक्षणको लागि पठाइएको थियो ।
सामी उल्लाहले एनाबोलिक एन्ड्रोजेनिक स्टेरोयड, मेटान्डीनोन मेटाबोलाइट १८ नोर १७ बी हाइड्रोक्सीमिथाइल सेवन गरेको परीक्षणबाट खुल्न आएको हो । स्वर्ण विजेता मुहम्मद नईमले एनाबोलिक एन्ड्रोजेनिक स्टेरोयड सेवन गरेको खुलेको हो ।
सन् २०१९ को डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं, पोखरा र जनकपुरधाममा १३ औं साग सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?