logo
२०८१ बैशाख १४ शुक्रवार



राखेप सदस्यसचिवमा ढकाल

खेलकुद |


राखेप सदस्यसचिवमा ढकाल


प्रजित शाक्य
काठमाडौँ, असार २२ गते । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवको जिम्मेवारी दिएको छ । असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्य–सचिवको जिम्मेवारी दिइएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लािग राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब एक महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भई खेलकुद मन्त्रालयमा आउनुभएको हो । राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले सदस्य–सचिव ढकाललाई बधाई दिनुभयो ।

नयाँ खेलकुद विकास ऐन गत बिहीबारबाट लागू भएपछि राखेपको सदस्य सचिव पद रिक्त रहेको थियो ।

खेलकुद विकास ऐन २०४८ निष्कृय भएपछि राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनासहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?