logo
२०८१ बैशाख १४ शुक्रवार



आईपीएल आयोजना गर्न न्युजिल्याण्ड इच्छुक

खेलकुद |


आईपीएल आयोजना गर्न न्युजिल्याण्ड इच्छुक


गोरखापत्र अनलाइन
काठमाडौं, असार २२ गते । यूनाइटेड अरब एमिरेट्स(यूएई) र श्रीलङ्कापछि इन्डियन प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको आयोजना गर्न न्युजिल्याण्डले प्रस्ताव गरेको छ । न्युजिल्याण्डले कोरोनाभाइरस सङ्क्रमणको जोखिमका बीच भारतमा खेल्न सम्भव नभए न्युजिल्याण्ड आयोजनाका लागि इच्छुक रहेको जनाएको छ ।
आगामी अक्टोबर र नोभेम्बर महिनाका लागि निर्धारित टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको आयोजनालाई लिएर अन्यौलता कायम रहँदा त्यसको असर इन्डियन प्रिमियर लिगको तिथिमा परेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले भने सेप्टेम्बर महिनाको सुरुमा वा नोभेम्बर अन्तिममा प्रिमियर लिग आयोजनाको मिति प्रस्ताव गरेको छ ।
बीसीसीआईको पहिलो प्राथमिकता भारतमै आयोजना गर्ने रहेपनि सङ्क्रमित हुनेको संख्या बढ्दै गएपछि विदेशमा सार्ने विकल्पमाथि समेत छलफल हुँदैछ । बीसीसीआईका एक जना अधिकारीले पीटीआईसँगको कुराकानीमा न्युजिल्याण्डले गरेको प्रस्ताबबारे खुलाउनुभयो ।
आईपीएलको सन् २००९ को संस्करण दक्षिण अफ्रिकामा खेलाइएको थियो । सन् २०१४ को संस्करण यूएईमा सम्पन्न भएको थियो ।
तीनवटै राष्ट्रमध्ये यूएईका लागि सहज हुने बताइएको छ । श्रीलङ्का महँगो हुने र न्युजिल्याण्ड टाढा पर्ने हुँदा भारतीय अधिकारीहरु यूएईलाई आयोजना गर्न दिने विकल्पलाई प्राथमिकतामा राखेर छलफल गर्दैछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?