logo
२०८१ बैशाख १५ शनिवार



म्यान्चेष्टर सिटीका खेलाडीले लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने

खेलकुद |


म्यान्चेष्टर सिटीका खेलाडीले लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १४ गते । म्यान्चेष्टर सिटीका खेलाडीहरूले प्रिमियर लिगका नयाँ च्याम्पियन लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने भएका छन् । म्यान्चेष्टर सिटी चेल्सीबाट पराजित भएपछि ३० वर्षपछि पहिलो पटक लिभरपुल प्रिमियर लिगको विजेता भएको छ ।
बिहीबार ऐत्तिहाद रङशालामा लिभरपुललाई म्यान्चेष्टर सिटीका खेलाडीले गार्ड अफ अनर दिने सिटीका प्रमुख पेप गार्डिओलाले जानकारी दिनुभयो । गार्डिओलाले भन्नुभयो, “हाम्रो घरमा आउँदै लिभरपुललाई बधाई एवम् शुभकामना दिन्छौँ, किनभने उनीहरू हकदार छन् ।”
गार्डिओलाले सन् २०२१ पछि पनि सिटीमा आफ्नो कार्यकाल थप्न चाहने सवालको जवाफ दिन अस्वीकार गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?