logo
२०८१ बैशाख १४ शुक्रवार



रोनाल्डिन्हो कैदमुक्त

खेलकुद |


रोनाल्डिन्हो कैदमुक्त


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २६ गते । ब्राजिलका पूर्व फरवार्ड रोनाल्डिन्हो कैदमुक्त हुनुभएको छ । उहाँलाई पराग्वेमा घरमै नजरबन्द अवस्थामा राख्न अदालतले आदेश दिएको छ ।
सन् २००५ मा फिफाको वर्ष खेलाडी समेत घोषित हुनुभएका ४० वर्षीय रोनाल्डिन्हो नक्कली राहदानी काण्डमा करिब एक महिनादेखि कैदमा हुनुहुन्थ्यो । यसअघि सुरुवाती चरणको सुनुवाईको क्रममा अदालतले धरौटीमा कैदमुक्त गर्ने अपिललाई खारेज गरेको थियो । तर बुधबार सुनुवाईपछि रोनाल्डिन्हो र उहाँको भाईलाई आठ आठ लाख अमेरिकी डलर धरौटीमा मुक्त गर्दै घरबाहिर ननिस्किने गरी आदेश सुनाएको बीबीसीले उल्लेख गरेको छ ।

न्यायधिश गुस्टाभो अमरिलाले धरौटीको रुपियाँ बढी रहेकोले दुबैजना फरार हुन नसक्ने भएकोले मुक्त गर्न सकिने आदेशमा उल्लेख गर्नुभएको छ । रोनाल्डिन्हो र उहाँको भाई एक किताबको प्रवद्र्धनका लागि पराग्वे पुग्नुभएको थियो । किताब प्रवद्र्धनबाट आएको आम्दानी सुविधाबाट बञ्चित बालबालिकामा खर्चिने उद्देश्य लिएर पराग्वे पुग्नुभएका दुबैजनाको राहदानी नक्कली पाइएपछि हिरासतमा लिइएको थियो । ब्राजिलले सन् २००२ को विश्वकप फुटबलको उपाधि जित्दा रोनाल्डिन्हो निर्णायक भूमिकामा हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?