logo
२०८१ बैशाख १५ शनिवार



भारत महिला टी ट्वान्टी विश्वकपको सेमीफाइनलमा पुग्यो

खेलकुद |


भारत महिला टी ट्वान्टी विश्वकपको सेमीफाइनलमा पुग्यो


एजेन्सी
काठमाडौं, फागुन १५ गते । भारत आईसीसी विमन्स टी ट्वान्टी विश्वकप क्रिकेटको सेमीफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । लिग चरणको आफ्नो तेस्रो खेलमा न्युजिल्याण्डमाथि जित हात पार्दै ऊ समूह ए बाट सेमीफाइनलको लागि स्थान सुनिश्चित गरेको हो ।
आफ्नो पहिलो खेलमा प्रतियोगिताको दाबेदारमध्येका अष्ट्रेलियालाई हराएको भारतले तेस्रो खेलमा अर्का दाबेदार न्युजिल्याण्डलाई पराजित गरेको हो । बुधबार आफ्नो दोस्रो खेलमा बङ्गलादेशलाई हराएको भारतले अत्यन्तै रोमाञ्चक स्पर्धामा न्युजिल्याण्डलाई मात्र तीन रनले हरायो ।
न्युजिल्याण्डमाथि जितसँगै भारतले समूह ए मा तीन खेलबाट छ अङ्क पुर्याएको छ । न्युजिल्याण्ड र अष्ट्रेलियाले दुई खेलबाट दुई अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । चौथो स्थानको श्रीलङ्काले दुईमध्ये एउटै खेल जित्न सकेको छैन् । भारत विरुद्ध पहिलो म्याच खेलेको बङ्गलादेशले पनि तालिकामा अङ्क जोड्न सकेको छैन् । भारतले अब लिग चरणको आफ्नो अन्तिम खेलमा श्रीलङ्काको सामना गर्नेछ ।
भारतले प्रस्तुत गरेको १३४ रनको सहज लक्ष्य पछ्याउँदै कमजोर सुरुवात गर्यो । ३४ रनमै तीन विकेट गुमाएको न्युजिल्याण्डको पारीलाई मैडी ग्रिन र कैटी मार्टिनले ४३ रनको साझेदारी गरेर स्थिरता दिने प्रयास गरेपनि उक्त साझेदारी लामो समय टिकेनन ।
ग्रिनले २४ तथा मार्टिनले २५ रनको योगदान दिनुभयो । दुई ओभरमा ३३ रन आवश्यक छँदा छैठौं नम्बरमा आउनुभएकी अमैला केरले विष्फोटक ब्याटिङ् गर्नुहुँदै मात्र १९ बलमा ३४ रन जोडेपनि जितभन्दा पाँच रन पछाडि रहन पुग्यो । २० ओभरमा न्युजिल्याण्डले छ विकेटको क्षतिमा १३० रन मात्रै जोडन सक्यो । भारतले चारले जित हात पार्दै सेमीफाइनलको लागि स्थान सुनिश्चित गर्यो । 
यसअघि मेलबर्नमा टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको भारतले उत्कृष्ट सुरुवात गर्दै १२ ओभरमा ९३ रन जोडेको थियो । ओपनर सफाली बर्माले मात्र ३४ बलमा चार चौका र तीन छक्काको सहयोगमा ४६ रनको योगदान दिनुभयो ।
मध्यक्रमका ब्याट्सविमन संयमित ब्याटिङ्ग गर्न नसक्दा अन्तिम सात ओभरमा उसले मात्र ४० रन जोडेर १३३ रनमा सीमित हुन पुग्यो । न्युजिल्याण्डका लागि रोजमेरी मैर र अमैला केरले सामान दुई दुई विकेट लिनुभयो ।
खेलको प्लेयर अफ द् म्याच शफाली बर्मा घोषित हुनुभयो । उहाँले बलिङ्मा चार ओभरमा २७ रन खर्चेर एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?