logo
२०८१ बैशाख २० बिहीवार



वेष्टइन्डिज १६१ रनले हार्दा श्रीलङ्कालाई श्रृखंला

खेलकुद |


वेष्टइन्डिज १६१ रनले हार्दा श्रीलङ्कालाई श्रृखंला


एजेन्सी
काठमाडौं, फागुन १५ गते । श्रीलङ्काले दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा वेष्टइन्डिजलाई १६१ रनको विशाल अन्तरले हराएको छ । दोस्रो खेलमा जितसँगै तीन म्याचको श्रृखंला श्रीलङ्काले २–० ले जितेको छ ।
हयाम्बनटोटामा श्रीलङ्काले प्रस्तुत गरेको ३४६ रनको लक्ष्य पछ्याउँदै वेष्टइन्डिज ३९.१ ओभरमा १८४ रन समेटिन पुग्यो । ओपनरद्वय साइ होप र सुनिल एम्ब्रीसले उत्कृष्ट साझेदारी गरेपनि जित दिलाउन सकेनन । होपले अद्र्धशतकीय पारी खेल्नुभयो । अन्य कुनैपनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेनन । श्रीलङ्काली बलरहरुमा लक्षण सन्दाकन र वनिन्डु डी सिल्भाले सामान तीन तीन तथा नुवान प्रदीपले दुई र एन्जेलो म्याथ्युजले एक विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको घरेलु टोलीले नौ रनमै कप्तान दिमुथ करुणारत्नेको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गरेको थियो । अविष्का फर्नान्डोले तेस्रो विकेटका लागि कुशल मैन्डिससँग १९९ रनको उत्कृष्ट साझेदारी गर्दा उसले उच्च योगफल पुग्न सफल भयो । दुबैजनाले शतकीय पारी खेल्नुभयो । ५० ओभरमा उसले आठ विकेटको क्षतिमा ३४५ रनको उच्च योगफल तयार गर्यो ।
वेष्टइन्डिजका लागि शेल्डन कोट्रेलले सर्वाधिक चार तथा अल्जारी जोशेफले तीन विकेट लिनुभयो । खेलको म्यान अफ द् म्याच अविष्का फर्नान्डो घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?