logo
२०८१ बैशाख १५ शनिवार



अष्ट्रेलियालाई श्रृखंला, घरेलु मैदानमा अफ्रिका वर्षभरि ट्रफीविहीन

खेलकुद |


अष्ट्रेलियालाई श्रृखंला, घरेलु मैदानमा अफ्रिका वर्षभरि ट्रफीविहीन


एजेन्सी
काठमाडौं, फागुन १५ गते । अष्ट्रेलियाले दक्षिण अफ्रिका विरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंला २–१ ले जितेको छ । तेस्रो टी ट्वान्टी खेलमा घरेलु टोलीलाई ९७ रनको विशाल अन्तरले पराजित गर्दै उसले श्रृखंला आफ्नो पक्षमा पारेको हो ।
अष्ट्रेलियाले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउँदा अफ्रिकी ब्याटिङ् क्रम फेरी धरमराउन पुग्यो । १५ ओभर तीन बलमा अफ्रिकी टोली ९६ रनको झिनो योगफलमा समेटिन पुग्यो । भान डर दुस्सैनले बनाउनुभएको २४ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । अष्ट्रेलियाका लागि मिसेल स्टार्क र आष्टन एगरले सामान तीन तीन तथा एडम जाम्पाले दुई एवम् प्याट क्युमिन्स र मिसेल मार्शले एक एक विकेट बाँड्नुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको अष्ट्रेलियाले पुरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १९३ रनको उच्च योगफल तयार गर्यो । अष्ट्रेलियाको पारीमा ओपनरद्वय आरोन फिञ्च र देवीड वार्नरले पहिलो विकेटका लागि १२० रनको साझेदारी गर्नुभयो । दुबैजनाले अद्र्धशतक पुरा गर्नुभयो ।
मिसेल मार्श खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो । आरोन फिञ्च प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।
दक्षिण अफ्रिका भने लगातार चौथो पटक घरेलु श्रृखंला जित्न सकेनन । जारी क्रिकेट सत्रमा उसले घरेलु मैदानमा एउटै श्रृखंला जित्न सकेको छैन् । श्रीलङ्कालाई गत् वर्ष मार्च महिनामै हराएदेखि उसले घरेलु मैदानमा चारवटा श्रृखंला खेलेपनि एउटै ट्रफी उचाल्न सकेनन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?