logo
२०८१ बैशाख १४ शुक्रवार



लिगको ‘क्वालिफायर’ छोडेर सन्दीप नेपाल फर्किदै

खेलकुद |


लिगको ‘क्वालिफायर’ छोडेर सन्दीप नेपाल फर्किदै


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १२ गते । अष्ट्रेलियाको बिग बैश लिग छोडेर युवा लेग स्पिनर सन्दीप लामिछाने नेपाल फर्किन लाग्नुभएको छ । उहाँ आइसीसी क्रिकेट लिग डिभिजन दुई प्रतियोगिता खेल्न फर्किन लाग्नुभएको हो ।
लिगको सुरुका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको मेलबर्न स्टार्सका लागि लामिछानेको अनुपस्थितिले ठूलो धक्का लाग्नेछ । नेपालले माघ २२ गतेदेखि लिग डिभिजन दुई प्रतियोगिताको आयोजना गर्दैछ । नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिदेशीय प्रतियोगिता नेपालका लागि लिग डिभिजन दुईको पहिलो प्रतियोगिता हुनेछ ।
सञ्चारमाध्यमहरुसँगको कुराकानीमा मेलबर्न स्टार्सका प्रशिक्षक देवीड हस्सीले सन्दीप नेपाल फर्किन लागेको जानकारी गराउनुभएको हो । उहाँले स्पिनरमा विशेष रुपले आश्रित रहेको मेलबर्नका लागि सन्दीपको अनुपस्थिति दुखद रहेको प्रतिक्रिया दिनुभयो । मेलबर्न स्टार्स लिगको क्वालिफायरको लागि स्थान सुनिश्चित गरिसकेको छ ।
सन्दीपले मेलबर्न स्टार्सको प्रतिनिधित्व गरी बिग बैश लिगको जारी संस्करणमा दशवटा खेलमा सहभागी हुनुभएको छ । जसमा उहाँले १२ विकेट लिनुभएको छ । नेपाल फर्किनुअघि लिगको आफ्नो अन्तिम खेलमा ब्रिसबैन हिट विरुद्ध चार ओभरमा मात्र १६ रन खर्चेर एक विकेट लिनुभयो ।
प्रतियोगिताको फाइनल खेल फेब्रुअरी आठमा खेलाइनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?