logo
२०८१ बैशाख १५ शनिवार



भ्यालेन्सियाले बार्सिलोनालाई हरायो

खेलकुद |


भ्यालेन्सियाले बार्सिलोनालाई हरायो


एजेन्सी
काठमाडौं, माघ १२ गते । स्पेनिस ला लिगाको शिर्षस्थानमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको छ । भ्यालेन्सियाले लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनालाई २–० ले हरायो । सन् २००७ पछि भ्यालेन्सियाले बार्सिलोनालाई हराउन सकेको यो पहिलो अवसर हो ।
बार्सिलोनमाथि जित निकाल्न म्याक्सी गोमेजले नै दुबै गोल गर्नुभयो । उहाँले खेलको ४८ औं र ७७ औं मिनेटमा गर्नुभएको प्रहार गोलमा परिणत भयो ।
जिर्राड पिकले पेनाल्टी क्षेत्रभित्र जोसे गायालाई लडाएपछि भ्यालेन्सियाले खेलको नवौं मिनेटमै गोल गर्ने अवसर पाएको थियो । तर म्याक्सी गोमेजको प्रहारलाई टेर स्टेगनले उत्कृष्ट बचाब गरेपछि उहाँको प्रयास विफल भयो । २७ औं मिनेटमा लिओनल मेस्सीले प्रहार गरेको फ्रिकिकले गोलपोष्टको दिशा लिन सकेन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?