logo
२०८१ बैशाख १४ शुक्रवार



भाल्भेर्ड बर्खास्त, सेटिन बार्सिलोनाका प्रशिक्षक नियुक्त

खेलकुद |


भाल्भेर्ड बर्खास्त, सेटिन बार्सिलोनाका प्रशिक्षक नियुक्त


एजेन्सी
काठमाडौं, पुस २९ गते । बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भाल्भेर्डलाई बर्खास्त गरेको छ । ५५ वर्षीय भाल्भेर्डको प्रशिक्षणमा बार्सिलोनाले दुई पटक ला लिगाको उपाधि जितेको थियो भने पछिल्लो संस्करणको सेमीफाइनलमा एटलेटिको मड्रिडसँग एक गोल अन्तरले हार बेहोर्दै बाहिरिएको थियो । यद्दपी भाल्र्भेडकै नेतृत्वमा रहँदा बार्सिलोनाले च्याम्पियन्स लिगको फाइनलसम्म पुग्न असक्षम रहयो ।
भाल्र्भेडको स्थानमा रियल बेटिसका पूर्व प्रशिक्षक ६१ वर्षीय किक सेटिन बार्सिलोनाका नयाँ प्रशिक्षक नियुक्त हुनुभएको छ । सेटिनले वर्ष २००५ पछि बेटिसलाई पहिलो पटक कोपा डेल रेको सेमीफाइनलसम्मको यात्रा तय गराएर राजिनामा गर्नुभएको थियो । उहाँलाई दुई वर्ष छ महिनाका लागि अनुबन्धन गरिएको बीबीसीले जनाएको छ ।
बार्सिलोनाले एक विज्ञप्ती जारी गर्दै भाल्र्भेडलाई व्यवसायिक आचरण, समपर्ण र खेलाडीप्रति देखाउनुभएको पारिवारिक भावना र व्यवहारको लागि धन्यवाद दिएको छ ।
च्याम्पियन्स लिगको सेमीफाइनलमा लिभरपुल विरुद्ध हार बेहारेपछि भाल्भेर्ड दबाबमा आउनुभएको थियो । कोपा डेल रेमा बार्सिलोना भ्यालेन्सियासँग पराजित हुनु पनि भाल्भेर्डको कमजोरीको रुपमा अथ्र्याएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?