logo
२०८१ बैशाख १५ शनिवार

  साग महिला क्रिकेट 



माल्दिभ्स विरुद्ध १० विकेटको जित, नेपाललाई कास्य

खेलकुद |


माल्दिभ्स विरुद्ध १० विकेटको जित, नेपाललाई कास्य


तारा चापागाई दुवे
कास्की, मंंङ्सिर २१ गते । १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला क्रिकेटमा नेपालले काँस्य पदक प्राप्त गरेको छ । पोखरा रंगशालामा शनिबार तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मालदिभ्समाथि १० विकेटको जित निकाल्दै नेपालले कास्य पदक प्राप्त गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको मालदिम्सले ११.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८ रन जोडेको थियो । मालदिभ्सको ब्याटिङमा ऐमा ऐसाथले १ रन जोडिन् । मालदिभ्सका बाँकि सबै खेलाडी शुन्यमै आउट भए । नेपालले अतिरिक्त ७ रन दिएको थियो ।
नेपालको तर्फबाट अंजली चन्दले ४ ओभरमा ३ मेडन सहित १ रन खर्चिएर ४ विकेट लिनु भयो । त्यस्तै, सीता रानामगर र रुबिना क्षेत्रीले समान दुई दुई विकेट लिनुभयो । सुमन खतिवडा र करुणा भण्डारीले पनि एक एक विकेट बाँडे ।
जितका लागि ९ रनको लक्ष्य पछ्याएको नेपालले विना विकेट नोक्सानीमा १.१ ओभरमा जित हाँसिल गरेको हो । नेपालको व्याटिङमा रोमा थापाले अविजित ४ तथा काजोल श्रेष्ठले अविजित २ रन बनाउनु भयो ।
खेलमा ४ विकेट लिन सफल नेपाली बलर अंजली चन्द प्लेयर अफ द म्याच हुनु भयो । नेपाल लोकतान्त्रिक खेलकुद महसंघका अध्यक्ष देवेन्द्र शेरचनले पुरस्कार प्रदान गर्नु भएको थियो ।
जित पछि प्रतिक्रिया दिंदै नेपाली प्रशिक्षक जगतबहादुर टमटाले समग्रमा प्रतियोगिताभर नेपालले चित्त बुझ्दो प्रदर्शनी गरेको बताउनुभयो । बंगलादेश, श्रीलंका जस्ता टेष्ट राष्ट्रहरुसंग समेत नेपालले बराबरीको प्रतिस्पर्धा गर्न सफल भएको उहाँले दावी गर्नु भयो ।
यद्यपी लक्ष्य स्वर्णनै भएपनि कास्य पदकमा चित्त बुझाएपनि खेलाडीहरु संयमित र अनुशासित पूर्वक खेल प्रदर्शन गरेकोमा खुसि व्यक्त गर्नुभयो । मालदिभ्सका कप्तान जुना मारियमले यहि प्रतियोगिताबाट मालदिभ्सले अन्र्तराष्ट्रिय डेब्यु गरेको बताउँदै आफुहरुका लागि यो राम्रो अनुभव भएको बता उनु भयो ।
प्रतियोगिता अन्तर्गत आइतबार बंगलादेश र श्रीलंकाबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?