logo
२०८१ बैशाख २६ बुधवार



कुवेत विरुद्ध खेल्ने राष्ट्रिय फुटबल टोलीका चार खेलाडी नाइट क्लबमा, एन्फाद्वारा कारबाही

खेलकुद |


कुवेत विरुद्ध खेल्ने राष्ट्रिय फुटबल टोलीका चार खेलाडी नाइट क्लबमा, एन्फाद्वारा कारबाही


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ३० गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले कुवेत विरुद्ध स्पर्धा गर्ने राष्ट्रिय फुटबल टोलीका चारजना महत्वपूर्ण खेलाडीमाथि अनुशासनको कारबाही गरेको छ । एन्फाले स्टार फोरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई कुवेत विरुद्ध खेल्ने टोलीबाट बर्खास्त गरेको छ । चारैजनाको स्थानमा वैकल्पिक खेलाडी भुटानको थिम्पु प्रस्थान गर्नेछन् । नेपाली टोली शनिबार अपरान्ह भुटान प्रस्थान गदैछ ।
भुटान प्रस्थान गर्नुअघि शुक्रबार अबेर राति चारैजना खेलाडी ठमेलको नाइट क्लबमा देखिएपछि मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहपछि कारबाही गरेको जनाइएको छ । भुटानमा नेपालले मंसिर ३ गते कुवेत विरुद्ध विश्वकप फुटबल २०२२ को छनोट खेल खेल्ने तय छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?