logo
२०८१ बैशाख १५ शनिवार



महिला भलिबलमा किर्गिस्तानमाथि नेपालको सहज जित

खेलकुद |


महिला भलिबलमा किर्गिस्तानमाथि नेपालको सहज जित


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २५ गते । नेपालले एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा किर्गिस्तानलाई पराजित गरेको छ । नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो ।
सोमबार ढाकास्थित शाहिद शुरवार्दी हलमा सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै सहज जित निकालेको हो । पहिलो सेट २५–१५ ले जितेको नेपालका लागि दोस्रो र तेस्रो सेटमा किर्गिस्तानले चुनौती दिएको थियो । दोस्रो सेट २५–१९ ले जितेको नेपाललाई तेस्रो सेटमा सुरुदेखि नै किर्गिस्तानले पछ्याएको थियो । यद्दपी तेस्रो सेटमा पनि नेपालले २५–२० ले जित निकाल्यो ।
दुई खेलमध्ये दुबैमा जित हात पार्दै नेपालले छ अङ्क जोडेको छ । पहिलो खेलमा नेपालले अपेक्षाकृत कमजोर स्पर्धी अफगानिस्तानलाई हराएको थियो । किर्गिस्तानको भने एक अङ्क रहेको छ । सोमबार नै मल्दिभ्सले अफगानिस्तानको सामना गर्दैछ । मल्दिभ्सको पाँच अङ्क रहेको छ । बङ्गलादेश तीन अङ्कमा चित्त बुझाउँदा अङ्कविहीन अफगानिस्तान पुछारमा रहेको छ ।
लिग चरणमा उत्कृष्ट हुने दुई टोली बिहीबार उपाधिको लागि भिड्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?