logo
२०८१ जेष्ठ ९ बुधवार



मेस्सीको गोलमा बार्सिलोना शिर्ष स्थानमा

खेलकुद |


मेस्सीको गोलमा बार्सिलोना शिर्ष स्थानमा


एजेन्सी
काठमाडौं, कात्तिक १३ गते । कप्तान लिओनेल मेस्सीले उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ । ला लिगा अन्तगर्त मंगलबार सम्पन्न खेलमा मेस्सीले दुई गोल गर्नुका साथै अर्को दुई गोलका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
भालाडोलिडमाथिको जितले बार्सिलोना अङ्कतालिकाको शिर्ष स्थानमा उक्लेको छ । उसले १० खेलबाट २२ अङ्क प्राप्त गरेको छ । दोस्रो स्थानको ग्रानडाको दश खेलबाट २० अङ्क छ । तेस्रो स्थानमा रहेको एटलेटिकोले ११ खेलबाट २० अङ्क जोडेको छ । रियल सोसीडाड र सेभिल्ला १९÷१९ अङ्क प्राप्त गरेर चौथो र पाँचौं स्थानमा छन् । रियल मड्रिड ९ खेलबाट १८ अङ्कसहित छैठौं स्थानमा छन् ।
बार्सिलोनाका लागि क्लेमेन्ट लेङलेटले खेल सुरु भएको दोस्रो मिनेटमै पहिलो गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । तर लामो समयसम्म बार्सिलोनाको अग्रता कायम रहन सकेन । खेलको १५ औं मिनेटमा किको ओलिभासले गर्नुभएको प्रहार गोलमा परिणत भएसँगै भालाडोलिडले खेल बराबरीमा ल्यायो ।
२९ औं मिनेटमा लिओनेल मेस्सीको पासलाई आर्टुरो भिडालले गोलमा परिणत गर्दा बार्सिलोना २–१ को अग्रता लियो । मेस्सीले ३४ औं मिनेटमा आफ्नो पहिलो गोल गर्नुहुँदै खेललाई ३–१ को अन्तरमा ल्याउनुभयो । उहाँले गर्नुभएको गोल पेनाल्टी फ्रि किकमा उहाँको ५० औं गोल रहयो । खेलको ७५ औं मिनेटमा मेस्सीले थप एक गोल गर्दा खेल ४–१ को स्थितिमा आयो । ७७ औं मिनेटमा लुईस सौरेजले आफ्नो प्रहारलाई गोलमा परिणत गर्दा बार्सिलोना ५–१ को फराकिलो अन्तरले जित्न पुगेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?