logo
२०८१ बैशाख १५ शनिवार



नेपाल साफ यु १८ बाट विदाईको सङ्घारमा

खेलकुद |


नेपाल साफ यु १८ बाट विदाईको सङ्घारमा


प्रजित शाक्य

काठमाडौं, असोज ५ गते । साफ यु–१८ फुटबल च्याम्पियन्सीप अन्तरगत नेपाल आइतबार भुटानसँग ३–० ले पराजित भई स्तब्ध भएको छ ।

भुटान पहिलो जितसँगै सेमिफाइनलमा पुगेको छ । सुरुका दुई खेलमा जित हासिल गर्न नसकेपछि आयोजक नेपाल नकआउट चरण प्रवेशको सम्भावना झिनो बनेको छ । अब भुटान र माल्दिभ्सबीचको खेलमा चमत्कारी नतिजा आएमा मात्र नेपाल सेमिफाइनलमा पुग्नेछ । पहिलो खेलमा माल्दिभ्ससँग १–१ ले बराबरीमा रोकिएपछि अगाडि बढ्ने सम्भावना बलियो बनाउन नेपाललाई यो खेलमा सकारात्मक नतिजा निकाल्न आवश्यक थियो ।

नेपाल पछिल्ला दुई संस्करणको विजेता हो । काठमाडौँमा भएको पहिलो र भुटानको थिम्पुमा भएको दोस्रो संस्करणमा उपाधि जितेको नेपाल घरेलु मैदानमा यसपटक उपाधि ह्याट्रिक अभियानमा रहेको छ । अब नेपाल सेमिफाइनलमा पुग्न भुटानले माल्दिभ्सलाई फराकिलो गोल अन्तरले हराउनुपर्नेछ । समूह ए मा भुटानले तीन अङ्क हासिल गरी शीर्ष स्थान बनाएको छ । माल्दिभ्स र नेपालको एक–एक अङ्क छ ।

हल्चोक मैदानमा भुटानले खेलको खेलको ३७ औँ मिनेटमा नेपाल पछाडि पर्यो । मैदानको दायाँ भागबाट आएको पासमा विना निगरानीमा रहेका एसी दोर्जीले गोल गर्नुभयो । खेलको ८६ औँ मिनेटमा भुटानले अग्रता दोब्बर पार्यो । विशाल बस्नेतले जिग्मे केल्जाङलाई लडाएपछि नेपालले पेनाल्टी व्यहोरेको हो । स्थानापन्न खेलाडी जिग्मेले नै सो अवसरको सदुपयोग गर्दै नेपाललाई दुई गोलले पछाडि पार्नुभयो । त्यसपछि ९० औँ मिनेट कर्मा सोनामले डिबक्स बाहिरबाट सशक्त प्रहारदार सीधै बल गोलपोस्टमा छिराएर घरेलु टिमविरुद्ध जितको गोल अन्तरलाई फराकिलो पार्नुभयो ।

भुटानका दुई वर्षअघि भुटानमा भएको प्रतियोगितामा पनि नेपालले उपाधि रक्षा अभियानमा पहिलो खेलमै भुटानसँग पराजय व्यहोरेको थियो । यद्यपि त्यत्तिबेला नेपाल बाँकीका सबै खेल जितेर उपाधि रक्षा गर्न सफल भएको थियो । तर यसपटक नेपालको सम्भावना अब भुटानले माल्दिभ्सलाई तीन भन्दा गोल अन्तरले हराएमा मात्र जिवित हुनेछ ।

पहिलो खेलमा माल्दिभ्ससँग बराबरीमा रोकिएपछि नेपालले रोशन दोङको स्थानमा अन्जल महर्जन र मिडफिल्डर रोशन रानामगरको स्थानमा मनीष थापालाई पहिलो रोजाईमा समावेश गरेको थियो । भोली (सोमबार) भारत र बङ्गलादेशबीच खेल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?