logo
२०८१ बैशाख १५ शनिवार



नेपाली टिमले शुक्रबार माल्दिभ्सविरुद्ध खेल्ने

खेलकुद |


नेपाली टिमले शुक्रबार माल्दिभ्सविरुद्ध खेल्ने


प्रजित शाक्य

काठमाडौँ, असोज २ गते । साफ यु–१८ च्याम्पियनसिपको उपाधि ह्याट्रिक गर्ने अभियानमा नेपाली टिमले शुक्रबार माल्दिभ्सविरुद्ध खेल्नेछ । हल्चोकस्थित सशत्र प्रहरीको एपीएफ मैदानमा असोज ३ देखि १२ गतेसम्म साफ यु १८ च्याम्पियन्सीप हुन लागेको हो ।

नेपाल समूह एमा रहेको छ । सो समूहमा माल्दिभ्स, भुटान पनि छन् । समूह ’बी’ मा भारत, बङगलादेश र श्रीलङ्का रहेका छन् । गत विजेता नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले बिहिबार तयारी राम्रो भएको र यस प्रतियोगितालाई चुनौतीको रुपमा लिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘हामीले पछिल्ला दुई संस्करण जितेका छौँ, त्यसैले हाम्रो अभियान उपाधि ह्याट्रिकको हो । यसका लागि हामी तयार पनि छौँ र हाम्रो क्षमता पनि छ । एन्फाले आयोजना गरेको यु१८ प्रतियोगिता यस प्रतियोगिताका लागि फलदायी बनेको छ । हामीले राम्रो खेलाडी छान्न पायौँ । प्रशिक्षणको क्रममा धेरै मैत्री खेल राखेर खेल्यौँ । मेरो टिममा उमेर समूहमा अन्तर्राष्ट्रिय खेल खेल्ने अनुभवी खेलाडी धेरै छन् । सबै राम्रो छ । दुई तीन जना राष्ट्रिय टिममा परिसकेका छन् । दक्षिण कोरियाबाट आएका मनिष डांगीको आगमनले पनि टिममा उर्जा थपेको छ । नेपालको तीनै पक्ष राम्रो छ । तर पनि मिडफिल्ड हाम्रो शक्ति हुुनेछ । त्यसैले यस प्रतियोगितामा आक्रमणलाई प्राथमिकतामा राखेर खेलाउनेछु ।’

नेपाल पहिलो खेल माल्दिभ्सविरुद्ध छ । प्रशिक्षक श्रेष्ठ माल्दिभ्स पनि राम्रो टिम हो भन्नुहुँदै तर विगतमा जितेको अनुभवले मािल्दभ्सलाई हराउनसक्ने विश्वास व्यक्त गर्नुहुन्छ । प्रशिक्षक श्रेष्ठले समर्थकहरुलाई रङ्गशालामा आएर नै नेपाली टिमको हौसला बढाउन पनि अनुरोध पनि गर्नुभयो । उहाँका अनुसार घरेलु समर्थकको हौसलाले खोलडीहरुमा उर्जा थपिनेछ ।

नेपाली टिमका कप्तान जय गुरुङले ४५ दिन सँगै प्रशिक्षण गरेकोले टिम एकजुट छ, भन्नुभयो । ‘यसबीच ए डिभिजन क्लबसँग धेरै मैत्री खेल खेल्यौँ । हामीले धेरै मिहिनेछ पनि गरेका छौँ, त्यसैले तयारी राम्रो भएको छ, उहाँले भन्नुभयो । कप्तान जयले पनि आफूहरु उपाधि ह्याट्रि गर्ने प्रयासमा छु, भन्नुभयो ।

माल्दिभ्सका प्रशिक्षक साज्ली मोहम्मदले गत विजेता र घरेलु टिम जहिल्यै सशक्त हुने धारणा राख्दै नेपाललाई टक्कर दिने आशामा छु, भन्नुभयो । माल्दिभसको टिम तीन महिनादेखि बन्द प्रशिक्षणमा रहेको छ माल्दिभस वैदेसिक प्रशिक्षणाट सीधै नेपाल आएको हो । माल्दिभ्सका प्रशिक्षक मोहम्मदले कप्तान हसन मोहम्मद सिनियर राष्ट्रिय टिमका सदस्य पनि भएकोल हुँदा त्यसले टिमलाई फाइदा पुर्याउनेछ, भन्नुभयो । उहाँको भनाईमा नेपाल आउने आप्mनो टिम पछिल्ला दस वर्षमै यस उमेर समूहको माल्दिभ्सको उत्कृष्ट टिम हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?