logo
२०८१ बैशाख १४ शुक्रवार



नेपाल चिनाउने दोस्रो जुम्ला–रारा म्याराथन

खेलकुद |


नेपाल चिनाउने दोस्रो जुम्ला–रारा म्याराथन


नेत्र शाही
खलंगा, भदौ २९ गते । नेपालका ४ वटा दौड सिरिज मध्यको अन्तराष्ट्रिय स्तरको दोस्रो जुम्ला–रारा अल्ट्राम्याराथन शुरु भएको छ ।
जुम्ला सदरमुकाम देखि ४९ किलोमिटरको दुरीको म्याराथनमालाई एक भब्य उत्सव जस्तै गरी उद्घाटन गरिएको हो ।

जुम्लाको चन्दननाथ मन्दिर अगाडि शुरु गरिएको दौड प्रतियोगितामा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, विश्व कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकाया, विश्व साईकल यात्री पुस्कर शाह, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले संयुक्त रुपमा खेलाडीलाई जुम्लाबाट राराका लागि विहान ७ बजे बिदाई गर्नुभएको हो ।

कर्णाली स्पोर्ट क्लवको आयोजनमा चार दर्जन बढि खेलाडीले भाग लिनुभएको छ । नेपालका विभिन्न म्याराथन क्षेत्रमा लामो अनुभव बोकेका खेलाडी सहित अन्तराष्ट्रिय म्याराथुन क्षेत्रका खेलाडीहरुले सो प्रतियोगितामा भाग लिनुभएको कर्णाली स्पोर्ट क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

आयोजक कर्णाली स्पोर्ट क्लवका अनुसार विभिन्न देशसहित नाम दर्ता गराएका ६० जना खेलाडी मध्य ५३ जना राराको लागि प्रतियोगितामा भाग लिनुभएको छ । यसैगरी ५ किलोमिटर सम्म ६४ जनासहित यस खेलमा तीनसयभन्दा बढी सहभागी भएका छन् ।

विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले म्याराथुन खेलले जुम्ला र रारा चिनाउने ठुलो अवसर मिलेको बताउनुभयो । उहाँका अनुसार सो खेलमा नेपालसँगै भारत, नेदरल्याण्ड्स, बेलायत र डेनमार्कका आधा दर्जन खेलाडी सहभागी हुनुभएको छ । प्रतियोगितामा हरिबहादुर रोकायाले प्रशिक्षण दिनुभएका राममाया वुढा, रेजिना भण्डारी सहित राष्ट्रिय स्तरका खेलाडी सहभागी हुनुभएको छ ।

जुम्ला सदरमुकाम हुँदै च्यारे, डाँफै लेक, न्याउरीघाट, भुलभुले चुचेमारा हुँदै रारा जाने रुट कायम गरिएको छ । तीन स्थानमा प्रवेशद्वार राखिएको छ ।
अतिथिको रुपमा जुम्ला पुग्नुभएका विश्व साईकल यात्री पुस्कर शाहले हरिबहादुर रोकाया नेपालको सम्पति भएको भन्दै हाईअल्टिच्यूट तालिम केन्द्र जुम्लामा चाँडै स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

जुम्ला रारा म्याराथुनमा भाग लिन जुम्ला पुग्नुभएका नेदरल्याण्ड्सका जिमी अल्ट्रमले नेपालको रारामा जुम्लाबाट दौडेर पुग्ने सपना बोकेर आएकोमा आफू अत्यन्त खुशी बताउनुभयाे ।

म्याराथुनमामा प्रथम हुने महिला तथा पुरुषलाई ७५ हजार, दितीय हुनेलाई ५० हजार र तृतीयलाई २५ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

दोस्रो जुम्ला–रारा अल्ट्राम्याराथनमा प्रथमलाई ७५ हजार, दितीयलाई ५० हजार र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिने छ । यसैगरी टप टेनसम्ममा आउने खेलाडीलाई पाँच हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र दिइनेछ । खेलाडीहरुलाई रारा तालमा सोमबार पुरस्कार प्रदान गरिनेछ ।

५ किलोमिटरमा महोत्तरीका नारायण र जुम्लाकी हिमाली प्रथम

सो प्रतियोगितामा जुम्लादेखि रारा मार्ग सम्म पाँचहजार किलोमिटर र एक किलोमिटरको प्रतियोगितामा महोत्तरी जिल्लाका नारायणप्रसाद कुशहवा प्रथम हुनुभएको छ ।

उहाँले १८ मिनेट २१ सेकेण्डमा दुरी पूरा गर्नुभयो । महिलातर्फ जुम्ला हिमा गाउँपालिकाकी १३ वर्षीय हिमाली शाही प्रथम हुनुभयो ।

हिमालीले २० मिनेट ४१ सेकेण्डमा दुरी पार गर्नुभयो । यसैगरी एक किलोमिटरमा बालवालिकाको दौडमा जुम्लाका नारायण रावत र निरुता रावत प्रथम हुनुभयो ।

अन्नपूर्णमा प्रतिष्पर्धाको अफर

यो म्याराथनमा विजेता धावकलाई अन्नपूर्णमा पहिलो पटक हुन लागेको विश्व विख्यात, अल्ट्रा म्याराथन २०१९ को फाईनलमा विश्वका उत्कृष्ट खेलाडीहरुसँग प्रतिष्पर्धा गर्न पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?